Widgets

Home » » संस्कृत पढ्ने दलित, जनजाति र छात्रा धेरै

संस्कृत पढ्ने दलित, जनजाति र छात्रा धेरै

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१३ साउन, काठमाण्डौं । ब्राम्हणले पढ्ने शिक्षा भनेर चिनिने संस्कृतमा अहिले दलित, जनजाति र छात्राको आकर्षण बढेको छ । नेपाल संस्कृत विश्वविद्यालयले अन्य विद्यार्थीलाई भन्दा दोब्बर छात्रवृत्तिको व्यवस्था गरेपछि संस्कृत शिक्षामा उनीहरु आकषिर्त भएका हुन् । नेपाल संस्कृत विश्वविद्यालय महाशाखाका अनुसार संस्कृत पढ्ने छात्राको संख्या एकतिहाइ पुग्न लागेको छ । दलित तथा जनजातिका लागि छुट्टयाइएको २० प्रतिशत आरक्षण कोटामा पनि चाप बढेको छ । संस्कृत विश्वविद्यालयका रजिस्ट्रार जगतप्रसाद उपाध्यायले छात्रवृत्तिका कारण दलित, जनजाति तथा छात्राको आकर्षण बढेको बताए । ‘छात्रवृद्धि दोब्बर गराउँदा जति विद्यार्थी बढ्ने अपेक्षा गरिएको थियो, त्यो पूरा भएन,’ रजिस्ट्रार उपाध्यायले भने, ‘यहाँ अरु विश्वविद्यालयमा जस्तो तडकभडक हुँदैन्, त्यसैले पनि विद्यार्थीको हि्वम छैन । राम्रोसँग बुझेमा संस्कृत विषय अन्तर्राष्ट्रिय रुपमा समेत राम्रो छ ।’ संस्कृतका गुरु पनि जनजाति र दलित नै दलित तथा जनजाति विद्यार्थी संस्कृत पढेर गुरुसमेत बन्न थालेका छन् । सोलुखुम्बुको बिपी कोइराला संस्कृत विद्यापीठमा वुद्धिबहादुर कुमाल संस्कृत अध्यापन गराउँछन् । तनहुँको भानु विद्यापीठमा कृष्णबहादुर सुनार महेन्द्रनगरको शारदा विद्यापीठमा मोहनकुमार चौधरीले संस्कृत पठाउँदै आएका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger