Widgets

Home » » दैनिक ११ नेपालीको आत्महत्या !

दैनिक ११ नेपालीको आत्महत्या !

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१३ साउन, काठमाण्डौं । आत्महत्याको घटना नेपालमा डरलाग्दो रुपमा बढ्न थालेको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार एक दिनमा ११ जना नेपालीले आत्महत्या गर्ने गरेका छन् ।
Suicide
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०६९/७० मा देशभर तीन हजार नौ सय ७४ जनाले आत्महत्या गरेका छन् । यो तथ्यांकले एक दिनमा ११ जना नेपालीले आत्महत्या गर्ने गरेको प्रहरी अधिकारी बताउँछन् । उनीहरुका अनुसार आत्महत्याका कतिपय घटना प्रहरीसम्म नआईपुग्ने भएकाले यो संख्या अझ धेरै रहेको छ ।

०६८/७० मा आत्महत्याको दर अघिल्लो बर्षकै हाराहारीमा छ । ०६८/६९ मा तीन हजार नौसय ७७ जनाले आत्महत्या गरेको नयाँ पत्रिकामा खबर छ ।
मानिसले आत्महत्या गर्नुको कारण डिप्रेसन नै भएको मनोविद डा. सरोज धितालको भनाई छ । ‘धेरै तनाव सहन नसक्ने क्षमताका कारण मानिसहरु आवेगमा आई आत्महत्या गर्ने गर्दछन्,’ धितालको भनाई छ । त्यस्तै आर्थिक समस्या पनि महत्वपूर्ण कारण रहेको उहाँको भनाई छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger