Widgets

Home » » १ बर्षमा एयर एशियाले उडायो १ लाख यात्रु, अब सातामा पाँच दिन उड्ने १७ जुलाईदेखि हप्तामा पाँच दिन

१ बर्षमा एयर एशियाले उडायो १ लाख यात्रु, अब सातामा पाँच दिन उड्ने १७ जुलाईदेखि हप्तामा पाँच दिन

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१८ असार, काठमाण्डौ । लगातार पाँचौं बर्ष बिश्वको उत्कृष्ट बजेट एयरलाइन्स बन्न सफल मलेसियाको ‘एयर एशिया एक्स’ले नेपालमा उडान थालेको एक बर्ष पुरा गरेको छ । सन् २०१२ जुलाई ३ तारिखबाट काठमाण्डौ उडान थालेको एयर एसियाले एक बर्षको अबधिमा एक लाख बढी यात्रुलाई सेवा दिएको एयर एशियाका एक्सका प्रमुख कार्यकारी अधिकृत अजरन ओसमान-रनीले जानकारी दिनुभयो ।Air-asia
आफ्नो एक बर्षे नेपाल उडानका अबसरमा एक सन्देश दिंदै एयर एसिया एक्सका प्रमुख कार्यकारी अधिकृत अजरन ओसमान-रनीले भन्नुभयो-’एक लाख यात्रुलाई सेवा दिँदै पहिलो बाषिर्कउत्सव मनाउन पाएकोमा अत्यन्तै हषिर्त छौं ।’एक बर्षको समिक्षा गर्दै अजरनले भन्नुभयो-’यो रुटमा एयर एशियाको माग अत्यन्तै बढेको पाएका छौं, खासगरी हाम्रो कनेक्टिङ सेवाका कारण जापान र अष्ट्रेलिया लगायतका देशबाट काठमाण्डौका लागि सिटको माग अत्यधिक बढिरहेको छ ।’
बार्षिक उत्सवका अबसरमा एयर एसिया एक्सले काठमाण्डौं हुँदै जापान, कोरिया, अष्ट्रेलिया लगायतका मुलुकमा जाने कनेक्टिङ फ्लाइटमा बिशेष छुट अफर ल्याएको छ । www.airasia.com मा गई बिशेष छुटमा टिकट खरिद गर्न सकिने छ । नेपालका लागि जनरल सेल्स एजेण्ट इन्सेन्टिभ टुर्स एण्ड ट्राभल्सका कार्यकारी अध्यक्ष हरिमान लामाले उत्साहजनक सहभागीताका लागि सवै नेपाली श्रमिक दाजुभाईहरुमा हार्दिक धन्यवाद दिँदै आगामी दिनहरुमा अझै सस्तो र उत्कृष्ट सेवाका लागि लागि पर्ने बताउनुभयो ।
जुलाई १७ देखि हप्तामा पाँच उडान
हाल सातामा चारवटा उडान गरिरहेको एयर एशियाले पहिलो बाषिर्क उत्सवसँगै पाँचौं उडान थप गरेको छ । जुलाई १७ तारिख बुधबारदेखि पाँचौं उडान सुरु हुने जानकारी दिँदै अध्यक्ष लामाले भन्नुभयो-’आगामी दिन दैनिक उडान थाल्ने योजना छौं ।’ सातामा दुईवटा उडानबाट आफ्नो नेपाल यात्रा सुरु गरेको एयर एसियाले अब साताको हरेक सोमबार, मंगलबार, बुधबार, बिहीवार र शनिवार काठमाण्डौबाट क्वालालम्पुर उडान गर्ने छ ।1

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger