Widgets

Home » » क्यान्सरको फैलावट जाँच्न अब बिदेसिनुपर्दैन

क्यान्सरको फैलावट जाँच्न अब बिदेसिनुपर्दैन

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

क्यान्सरको फैलावट जाँच्न अब बिदेसिनुपर्दैन

काठमाडौं - शरीरमा क्यान्सर कहाँकहाँ फैलिएछ भन्ने जाँच्न अब बिदेसिनुपर्दैन। नेपालले यही वर्ष क्यान्सरको फैलावट जाँच्ने अत्याधुनिक उपकरण न्युक्लियर मेडिसिनसहितको सिटी स्क्यान पेट (प्रोजिट्रोन इमिसन टोमोग्राफी) किन्न लागेको हो। नेपालमा यो मेसिन नहुँदा यस्तो जाँचका लागि बिदेसिनुपर्ने बाध्यता थियो। एक महिनाअघि राष्ट्रपति रामवरण यादवको आन्द्रामा देखिएको दागको असर कहाँकहाँ फैलिएको छ भन्ने पत्ता लगाउन जापान पठाउनुपरेको थियो। जापानमा उनको जाँचपछि मात्र क्यान्सर नरहेको पत्ता लागेको थियो। राष्ट्रपति स्वयंले यस्तो मेसिन राष्ट्रकै आवश्यकता भएको औंल्याएपछि अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७०/७१ को बजेट पुस्तिका (रातो किताब) मै यसका लागि बजेट छुट्ट्याएका थिए। स्वास्थ्य मन्त्रालयका अनुसार यो मेसिन भरतपुरस्थित क्यान्सर अस्पतालमा राखिनेछ। यो मेसिनबाट शरीरभित्रको परीक्षण गर्दा सुरुमा इन्जेक्सनमार्फत शरीरमा आइसोटोप (एकप्रकारको औषधि) पठाएर त्यो शरीरका कुन–कुन भागमा पुग्छ, सोही अंगको तस्बिर लिइन्छ। यस्तो सिटी स्क्यानबाट आवश्यकताका आधारमा स्लाइस सेट गरेर चित्र निकाल्न सकिन्छ। वरिष्ठ रेडियोलोजिस्ट एवं स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखाका प्रमुख डा. तीर्थराज बुर्लाकोटीले पूरै शरीरको जाँच गर्न उपयोगी हुने यो उपकरण किन्ने निर्णय भइसकेको बताए। 'महँगो हुनाले यतातिर ध्यानै गएको थिएन, त्यस्तो परीक्षणका लागि विदेश नै जानुपर्ने अवस्था थियो,' उनले भने, 'देशकै लागि आवश्यक उपकरण ल्याउन सरकार नै अग्रसर हुनुपर्योल।' स्रोतका अनुसार राष्ट्रपतिको सुझावमा स्वास्थ्यमन्त्री विद्याधर मल्लिकले चालु आर्थिक वर्षको कार्यक्रममा यस्तो उपकरण खरिद योजना राख्न लगाएका थिए। रातो किताबमा स्वास्थ्यका लागि विभिन्न उपकरण खरिद शीर्षकमा विनियोजित ४६ करोडमध्ये करिब ३० करोड यो उपकरण खरिदमा प्रयोग गरिने मन्त्रालयको योजना महाशाखाका अधिकृत लीलाराज पौडेलले बताए। आइसोटोप उत्पादन गर्ने मेसिन साइक्लोटोन खरिदका लागि करिब १५ लाख र सिटी स्क्यानसम्बन्धी उपकरण खरिदका लागि करिब १५ करोड लाग्छ। आइसोटोप उत्पादन गर्ने मेसिन साइक्लोटोन अहिलेसम्म नेपालमा थिएन। अब अन्य अस्पतालहरुले समेत पेट सिटी स्क्यान किन्दा साइक्लोटोन किन्नुपर्दैन। यही साइक्लोटोनले उत्पादन गरेको आइसोटोपले नै अन्य पेट सिटीलाई आवश्यक औषधी उत्पादन गर्न सक्छ। डा. बुर्लाकोटीले सरकारले पहिलोपटक यस्तो उपकरण किनेर चलाइदिए पनि अन्य अस्पताललाई पेट सिटी खरिद गर्न सुलभ कम खर्चिलो हुने बताए। '१५ करोडको अर्को उपकरण किन्न नपरेपछि अन्य उपकरण किन्न पनि सहिलो हुन्छ,' उनले भने। स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय बोलपत्र आह्वानबाट खरिद गरिने यो मेसिन मुलुकमा क्यान्सर उपचारका प्रमुख केन्द्र बिपी कोइराला क्यान्सर अस्पताल, भरतपुर अस्पतालमा राख्नेछ। विनियोजित बजेटबाट ग्लोबल टेन्डर गरेर खरिद गरिनेे मन्त्रालयले जनाएको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger