Widgets

Home » » 'बोर्डर २'मा पनि सन्नी

'बोर्डर २'मा पनि सन्नी

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

'बोर्डर २'मा पनि सन्नी

मुम्बई – १६ वर्षको अन्तरालपछि निर्देशक जेपी दत्ताले आफ्नो सुपरहिट फिल्म 'बोर्डर'को दोस्रो भाग बनाउने निर्णय गरेका छन्। फिल्ममा ५६ वर्षीय सन्नी देओललाई फेरि मुख्य भूमिका दिइएको छ। 'बोर्डरको दोस्रो भागमा पनि सन्नी देओल सहभागी हुने कुरालाई हामी खुसीसाथ उद्घोष गर्न चाहन्छौं, अरु कलाकारको छनोट भने प्रक्रियामै छ। सन्नीले भने एक महत्वपूर्ण भूमिका सम्हाल्ने टुंगो लागिसकेको छ,' निर्माण समूहको प्रवक्ताले विज्ञप्तिमार्फत् बताएका छन्। सन् १९९७ को 'बोर्डर' सन् १९७१ को भारत–पाकिस्तान युद्धमाथि आधारित थियो। पहिलो भागमा शिख समुदायको कमान्डिङ अफिसरको भूमिका निर्वाह गरेका सन्नी दोस्रो भागमा भने शिख बन्ने छैनन्। यद्यपि उनलाई आर्मीको अफिसरको गेटअपमा भने देखिनेछ। ६१ करोड भारु कमाएको 'बोर्डर'मा सन्नीबाहेक सुनिल शेट्टी, अक्षय खन्ना, ज्याकी श्राफ, राखी, तब्बु, पूजा भट्ट, पुनित इस्सर लगायतको अभिनय थियो। फिल्मको 'सन्देशे आते है' बोलको गीत अत्यन्तै चर्चित भएको थियो। फिल्मको दोस्रो भाग पनि यथार्थ घटना र जीवनमा आधारित हुने विज्ञप्तिमा खुलाइएको छ। फिल्मको सुटिङ अक्टोबरदेखि गर्ने योजना छ। ६३ वर्षीय निर्देशक दत्ताले 'बोर्डर'पछि 'रिफ्युजी', 'एलओसी कार्गिल' र 'उमराव जान' निर्देशन गरिसकेका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger