Widgets

Home » » यु–१६ साफ च्याम्पियनसिपमा हेमन्त थापालाई कप्तानको जिम्मा

यु–१६ साफ च्याम्पियनसिपमा हेमन्त थापालाई कप्तानको जिम्मा

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
यु–१६ साफ च्याम्पियनसिपमा हेमन्त थापालाई कप्तानको जिम्मा
काठमाडौं - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा यही साउन ५ देखि १५ गतेसम्म काठमाडौँमा सञ्चालन हुने दोस्रो साफ यु–१६ च्याम्पियनसिपका लागि हेमन्त थापा मगरको कप्तानीमा २३ सदस्यीय टोली तयार पारिएको छ। एन्फा महासचिव धीरेन्द्र प्रधानले दिएको जानकारी अनुसार उक्त प्रतियोगिताका लागि छनोटमा पर्ने खेलाडीमा आकाश थापा, अमित तामाङ, अभिलष थापा, अनन्त तामाङ, अनिल राई, अन्जन विष्ट, विकाश थापा, विमल घर्तिमगर, दिनेश राजवंशी, गौरब बुढाथोकी, किरण सुनार, ललित थापा र निशान्त ढुङ्गाना रहेका छन्। त्यसैगरी अन्य खेलाडीमा प्रवीण श्रेष्ठ, रवि भण्डारी, रोमन रसाइली, रुपेश तामाङ, सजन मगर, सन्जोक राई, शिव सेबेदी, सुजन लिम्बु र छिरिङ गुरुङ रहेका छन्। टोली व्यवस्थापकमा दिनेश व्यञ्जनकार रहेका छन् भने मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन रहेका छन्। अन्य प्रशिक्षहरूमा सुनिलकुमार श्रेष्ठ र मृगेन्द्र मिश्र रहेका छन्। प्रतियोगितामा सहभागी हुन भारत, भुटान, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तानको टोली नेपाल आइसकेको एन्फाले जनाएको छ। सो प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला र लगनखेलस्थित नेपाली सेनाको राजदल सैनिक खेलकुद केन्द्रको मैदनामा सञ्चालन हुने छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger