Widgets

Home » » पिसिएल नर्सिङ प्रवेश परीक्षामा दुई सय विद्यार्थीले प्रवेशपात्र पाएनन्

पिसिएल नर्सिङ प्रवेश परीक्षामा दुई सय विद्यार्थीले प्रवेशपात्र पाएनन्

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं - त्रिभुवन विश्वविद्यालयअन्तर्गत पिसिएल नर्सिङको प्रवेश परीक्षामा सहभागिताका लागि अनलाइन फर्म भरेका दुई सय विद्यार्थीले प्रवेशपात्र पाएनन्। विद्यार्थीले परीक्षा दस्तुर तिरेको भौचर र अनलाइन फर्मको नम्बरसहित क्याम्पस पुगे पनि प्रवेशपत्र नपाएको बताएका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले शनिबार लिने परीक्षाको प्रवेशपत्र लिन बिहीबार बिहान ११ बजे महाराजगन्ज नर्सिङ क्याम्पस पुगेकी स्वयम्भुकी अस्मिता श्रेष्ठले प्रवेशपत्र पाइनन्। परीक्षाको दस्तुर तिरेको रकमको भौचर र अनलाइन फर्मको नम्बरसहित क्याम्पस पुगे पनि क्याम्पस प्रसासनले उनको नामको फर्म नै नभरिएको भन्दै फर्कायो। ललितपुरकी सन्ध्या सिटौलाले पनि सोही समस्या भोग्नुपर्योक। अस्मिता र सन्ध्याले मात्र होइन अनलाइन फर्म भरेका झन्डै दुई सय विद्यार्थीले बिहीबार प्रवेशपत्र पाएनन्। परीक्षाको दुई दिनअगाडि आइओएमले फर्म भर्दा नै त्रुटि भएको जवाफ दिँदै विद्यार्थीलाई फर्काउन खोजेपछि परीक्षाका लागि दुई हजार तिरेको बैंक भौचर बोकेका विद्यार्थी तथा तिनका आफन्तले आइओएमको डिन कार्यालयमा घेराउ गरे। प्रवेशपत्र नपाउनुको कारण खोज्दै डिन कार्यालय घेराउ गरेपछि कार्यालयले फर्म भर्दा विद्यार्थीबाट प्राविधिक समस्या भएकाले बैंक भौचर भएका सबैलाई कार्यालयमा निवेदन दिन भनेको छ। कार्यालयले बैंक भौचर भएका विद्यार्थीलाई शुक्रबार प्रवेशपत्र दिने आश्वासन दिएपछि निवेदन दिएर विद्यार्थी फर्किएका छन्। आइओएमका सहायक डिन डा. शरद वन्तका अनुसार अनलाइन फर्म भर्दा विद्यार्थीले पूर्ण रूपमा फर्म भरेर नपठाएकाले उनीहरूको विवरण संस्थानमा नआएको बताए। 'फर्म भर्दा विद्यार्थीले कन्फर्म नगरेकाले संस्थानमा उनीहरुको विवरण नआएको हो,' उनले भने, 'उताबाट विद्यार्थीले भरेको फर्म कन्फर्म भएपछि मात्र संस्थानमा अटोमेटिक नम्बर इन्ट्री हुन्छ। तर, विद्यार्थीले कन्फर्म नगर्दा नम्बरिङ हुन सकेन।' संस्थानको आकस्मिक बैठकले त्यस्ता विद्यार्थीलाई शुक्रबार प्रवेशपत्र दिने सहमति गरेको उनले जानकारी दिए। संस्थानअन्तर्गतका ६ वटा कलेजमा मात्र पिसिएल नर्सिङ पढाइ हुन्छ। ती कलेजमा दुई सय ८५ कोटा छन्। सबैभन्दा बढी महाराजगन्ज नर्सिङ क्याम्पसमा ६१ वटा कोटा छ भने नेपालगन्ज नर्सिङ क्याम्पस, नर्सिङ क्याम्पस पोखरा, नर्सिङ क्याम्पस विराटनगर, नर्सिङ क्याम्पस वीरगन्ज र ललितपुर नर्सिङ क्याम्पसमा ४५/४५ कोटा छन्। संस्थानले नर्सिङ प्रवेश परीक्षाका लागि जेठ ३१ गते सूचना प्रकाशित गरी असार ४ देखि असार २५ गतेसम्म प्रवेश परीक्षाका लागि आवदेन फर्म भर्ने म्याद तोकेको थियो। तोकिएको म्यादभित्र नर्सिङ प्रवेश परीक्षाका लागि सबै क्याम्पसमा गरी पाँच हजारभन्दा बढीले फर्म भरेका छन्। संस्थानअन्तर्गतका कलेजमा अन्य निजी कलेजको तुलनामा सस्तो र गुणस्तरीय पढाइ हुने भएकाले धेरै विद्यार्थीले पढाइका लागि फर्म भर्ने गरेको वन्तको भनाइ छ। उनका अनुसार प्रवेश परीक्षा सम्बन्धित क्याम्पसले तोकेको परीक्षा केन्द्रमा हुनेछ। संस्थानले यसै वर्षदेखि दुईवटा क्याम्पसका पिसिएल तह फेज आउट गर्ने तयारीसमेत गरेको थियो। तर, त्रिवि प्राज्ञिक परिषद्ले संस्थानले नर्सिङ फेज आउटका लागि पठाएको निर्णय अस्वीकृत गरेपछि नयाँ भर्नाका लागि सूचना निकालिएको हो।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger