Widgets

Home » » नाटक 'स्वप्नमहल' मण्डलामा

नाटक 'स्वप्नमहल' मण्डलामा

Written By sangalo on Thursday, July 18, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नाटक 'स्वप्नमहल' मण्डलामा
काठमाडौं – अमेरिकी लेखक टेनेसी विलियम्सद्वारा लिखित नाटक 'अ स्ट्रिट कार नेम्ड डिजायर' नेपालीमा मञ्चन हुने भएको छ। 'स्वप्नमहल' नाममा अनुवाद नाटकको निर्देशन इलम दीक्षितले गर्दैछन्। नाटक शुक्रबारदेखि अनामनगरस्थित मण्डला थियटरमा मञ्चन हुनेछ। १ घन्टा ५० मिनेट लामो नाटक आगामी भदौ २ सम्म मञ्चन हुनेछ। फ्रिलान्सर्स नेपाल र मण्डलाको संयुक्त प्रस्तुति रहेको नाटकमा सरिता गिरी, समुना केसी, प्रमोद अग्रहरि, नाजिर हुसेन, जुनु विष्ट, सायद अशोक र सुदाम सिके लगायतले अभिनय गरेका छन्। 'भारतमा बस्ने नेपालीभाषीको कथा हो। मानसिक तनावमा रहेकी युवतीले सुनाएको सपनाको महलको कथा नाटकमा समावेश गरिएको छ,' अभिनेत्री समुनाले भनिन्। नेवारको घरमा डेरा बस्ने परिवारले देखेको महलमाथि नाटक तयार गरिएको छ। मण्डलामा नाटकको एक महिने रिहर्सल भएको थियो। 'नाटक तयार पार्दा सपनाहरुलाई केन्द्रविन्दुमा राखेका छौं। पात्रहरुलाई तिनको पेशाका आधारमा तिनीहरुकै पृष्ठभूमि बदलेका छौं। नाटक बागबजारको एउटा घरको भुइँतलामा अवस्थित छ जसको एकदमै नजिकै घण्टाघर छ,' निर्देशक दीक्षितले भने। २०४६ सालको आन्दोलनपछिको काठमाडौंको झल्को नाटकले दुरुस्त पार्नेछ। पुलिट्जर पुरस्कार विजेता नाटकमाथि सोही नामबाट फिल्म समेत बनेको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger