भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१७ साउन, काठमाण्डौं । संविधानसभा निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले महिला युथ फोर्स बनाउने तयारी पुरा गरेको छ । युवा संघ नेपाल मातहत रहने गरी फोर्सको स्थायी संरचना निर्माण भएको छ । हरेक मतदान केन्द्रमा महिला युथ फोर्स परिचालन गरिने एमाले नेताहरुले बताउका छन् ।
युवा संघका महासचिव राजीव पहारीले अवधारणापत्रलाई अन्तिम रुप दिएका छन् । यसअघि गठित युथ फोर्सको कामकारबाही विवादमा परेपछि त्यसलाई निष्क्रिय बनाइएको थियो । पार्टी नेता र संघका नेता सम्मिलित कार्यदलले यस विषयमा अध्ययन गरी फरक संरचनासहितको युथ फोर्स बनाउन प्रतिवेदन दिएको थियो । केन्द्रमा संघ मातहत रहने गरी अलग्गै विभाग बनाएर युथ फोर्स बनाइएको छ । हाल त्यसका विभागीय प्रमुख चन्द्र तामाङ रहेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । त्यसैगरी जिल्लैपिच्छे यसका अलग इन्चार्ज हुनेछन् भने युथ फोर्सं पनि युवा संघको कमिटी मातहत हुनेछ ।
युवा संघले महिला युथ फोर्स बनाउने निर्णय गरेको संघका सचिव रमेश पौडेलले जानकारी दिए । उनका अनुसार महिला युथ फोर्सको सञ्जाल पनि देशव्यापी बनाइनेछ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.