Widgets

Home » » ५० करोडमा राज्य पुनसंरचनाको ठेक्का

५० करोडमा राज्य पुनसंरचनाको ठेक्का

Written By sangalo on Wednesday, July 31, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१७ साउन, काठमाण्डौं । चुनावपछि बन्ने संविधानसभाले तय गर्ने राज्य पुनसंरचनाको खाका यही सरकारले बनाउन थालेको छ । राष्ट्रसंघीय विकास नियोग (युएनडिपी)ले दिने ५० करोडको ठेक्का पाएर सामान्य प्रशासन मन्त्रालयले काम सुरु गरिसकेको छ ।
undp
राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले ५० करोड दिएपछि सामान्य प्रशासन मन्त्रालयले यस्तो मोडेल बनाउन लागेको बिहीबार प्रकाशित नयाँ पत्रिका दैनिकमा खबर छ । मन्त्रालयले सो महत्वाकांक्षी परियोजनाको नाम ‘प्रिपिर्यड’ दिएको छ । हाल मन्त्रालयको मुख्य ध्यान नै यही पि्रपियर्ड परियोजनामा केन्दि्रत छ ।

सामान्य प्रशासन मन्त्रालयको माथिल्लो तलामा प्रिपियर्डको सचिवालय बनाइएको छ । परियोजनाको जिम्मा सामान्य प्रशासन मन्त्रालयले पाएको भए पनि नयाँ प्रशासनिक संरचनाको मोडेल बनाउन आवश्यक सुभपाल लिन भन्दै दातृ निकाय युएनडिपीले नै आधा दर्जनभन्दा बढी परामर्शदाता (कन्सल्टेन्ट) नियुक्त गरेको छ । यो परियोजनाका लागि युएनडिपी र सामान्य प्रशासन मन्त्रालयबीच गत मार्चमा ५० करोडको सम्झौता भएको थियो । त्यसको झन्डै तीन महिनापछि जुनदेखि यो परियोजना सञ्चालनमा आएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger