भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउडको कपुर खानदानका पछिल्ला चर्चित रणवीरलाई यति बेला जहाँ पनि लक लागिरहेको छ । फिल्म त उनका बम्पर हिट भई नै रहेका छन्, अधिकांश अवार्ड कार्यक्रममा पनि उनी हात खाली हुन छोडेका छन् । पछिल्लोपटक उनले आइफा अवार्ड हात पार्दा त लिन जान पनि भ्याएनन् । जब कि उत्कृष्ट नायकबाहेक उनले उक्त अवार्डमा पूर्व गर्लफ्रेन्ड दीपिका पादुकोणसँग फिल्म 'ये जवानी है दिवानी' का लागि हिट जोडीको अवार्ड पनि थाप्ने मौका थियो । सफलताको रफ्तारमा रहेका रणवीर अहिले सबै निर्देशकका लागि दुहुना गाईजस्तै हुन थालेका छन् । एकपटक खेलाएका निर्देशकले उनलाई रिपिट गरिरहेका पनि छन् । 'बर्फी' मा उनले चमत्कार देखाएपछि निर्देशक अनुराग वसु र 'रकस्टार' निर्देशक इम्तियाज अली यो लाइनमा छन् । इम्तियाजले नयाँ फिल्ममा रणवीरको जोडी उनै दीपिकासँगै बाँधिदिने भएका छन् । 'ये जवानी है दिवानी' ले बक्स अफिसमा जबर्जस्त व्यापार गरेपछि पूर्व अफस्क्रिन जोडी अनस्क्रिमा जोडीमा लगातार जम्न थालेको छ । इम्तियाजले दीपिकाप्रति इन्ट्रेस्ट देखाएको पत्तो पाएपछि यतिबेला भने रणवीरकी गर्लफ्रेन्ड कटि्रना कैफ पनि सजिलै उक्त जोडीलाई अनस्क्रिनमा दोहोर्याउन तयार नभएको बुझिएको छ । उनले उक्त फिल्मका लागि रणवीरको अपोजिट आफू हुनुपर्ने दबाब दिन थालेकी छन् । 'अजब प्रेम की गजब कहानी' र 'राजनीति' मा रणवीरसँग उनको जोडी जमेको थियो । अब दीपिका र कटि्रनाको क्याटफाइटमा रणवीर मात्रै होइन, निर्देशक पनि पर्न थालेका छन् । प्रेमको बाटोमा दीपिकाको अवरोध आउने खतरा देखिन थालेपछि भने अहिले कटि्रना देखिने गरी नै रणवीरसँग बढी निकट भइरहेकी छन् । आइफामा दीपिकासँग अवार्ड लिन नगएका रणवीर बरु कटि्रनासँग डेटिङमा रमाइरहेको तस्बिर बाहिरिएपछि कन्फ्युज्ड मिडिया पनि यतिबेला दुईको सम्बन्ध पक्का रहेको मान्न थालेका छन् । त्यसो त इम्तियाजको फिल्ममा रणवीर पनि कटि्रनालाई नै आफ्नो अपोजिटमा खेलाउन चाहेको पनि अपुष्ट खबर बाहिरिएको छ । यतिबेला रणवीर निर्देशकदेखि नायिकाको तानातानीमा मज्जैले पर्न थालेका छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.