भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, श्रावण १४ - संविधानसभा निर्वाचन हुन चार महिना बाँकी रहँदा उद्योगी/व्यवसायीले कुनै पनि राजनीतिक दललाई चन्दा नदिने औपचारिक घोषणा गरेका छन् । निजी क्षेत्रको व्यावसायिक आचारसंहिता घोषणा गर्दै उद्योग वाणिज्य महासंघसहित ६५ संघसंस्थाले चन्दा नदिने प्रतिबद्धता जनाएका हुन् । यसको नेतृत्व राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) ले गरेको छ । 'पछि लाभ प्राप्त गर्ने उद्देश्यले कुनै राजनीतिक व्यक्ति वा दलका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले समेत कुनै किसिमको चन्दा , उपहार वा सेवासुविधा दिने छैनौं,' उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका एनबीआईका अध्यक्ष पदम ज्योतिले आचारसंहिता घोषणा गर्दै भने । सार्वजनिक आचारसंहितामा निजी क्षेत्रले दल वा समूहलाई भेदभावपूर्ण समर्थन वा विरोध पनि नगर्ने उल्लेख गरिएको छ । निजी क्षेत्रका संघसंस्थासँगको छलफल र सहमतिमा ६ बुँदे आचारसंहिता घोषणा गरिएको हो । औद्योगिक वातावरण बन्न नसकिरहेका बेला व्यवसायीले स्वस्फूर्त रूपमा आचारसंहिता घोषणा गर्नु आसलाग्दो भएको अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले बताए । 'सुविधा, सुगमता र सहजताका दृष्टिले उपयुक्त वातावरण निर्माण हुन नसकेको आभास भएको छ,' घोषणा कार्यक्रममा रेग्मीले भने, 'यी सबै पृष्ठभूमिमा यस घोषणा कार्यक्रम एउटा आसलाग्दो अवसरका रूपमा देखापरेको छ ।' उक्त आचारसंहितामा सम्पूर्ण निजी क्षेत्रको समर्थन रहेको महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कारले बताए । 'निजी क्षेत्रका लागि सबैभन्दा ठूलो समस्या भनेकै चन्दा हो, यो समाधान भएमा निजी क्षेत्रको पीडा र अन्य समस्यासमेत सल्टिने थिए,' उनले भने, 'सामाजिक उत्तरदायित्वअन्तर्गत दिइने चन्दा पनि एकाउन्टपेयी चेकमार्फत मात्र दिने व्यवस्था मिलाइदिन म सरकारलाई अनुरोध गर्छु ।' 'नीतिगत रूपमा चन्दा को विषयमा थे्रसहोल्ड कायम भए केही पारदर्शी हुन सक्छ । तर व्यवसायीले दललाई चन्दा नै दिँदैनन् भन्नेमा विश्वास छैन,' अर्थविद् विश्वम्भर प्याकुर्यालले भने, 'यो भ्रष्टाचार निवारण भनेजस्तै हो ।' ट्रान्सपरेन्सी इन्टरनेसनलका महासचिव भरतबहादुर थापाले निजी क्षेत्र आफंैले आचारसंहिता बनाई लागू गर्नु अत्यन्त सकारात्मक भए पनि सरकारको सहयोग नभए कार्यान्वयन हुन नसक्ने बताए । 'कानुनको कडाइबाट होइन, सचेत व्यावसायिक समुदायको स्वस्फूर्त स्वनियमबाट नै स्वच्छ बजार निर्माण गर्ने प्रयासको पहिलो मुख्य कडीमात्र हो आचारसंहिता,' पहलका महासचिव सुरेन्द्रवीर मालाकारले भने ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.