भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नयाँदिल्ली, श्रावण १४ - बेलायत लैजाने भन्दै जनही १० लाख रुपैयाँ उठाएर अफ्रिकी मुलुक केन्या (ट्रान्जिट) पुर्याइएका तीन नेपाली एजेन्टले भिडाएको नक्कली कागजात र भिसाका कारण दुई सातादेखि नैरोवीस्थित जेलमा थुनिएका छन् । पोखराका सुवास गुरुङ, उमानन्द गिरी र पूर्ण तुलाचनले पोखराकै चिनारु एजेन्ट कृष्ण गुरुङलाई पैसा बुझाएर युरोप छिर्ने सपना देख्दै डेढ महिनाअघि केन्या आइपुगेका थिए । नेपालीलाई 'अनअराइभल भिसा' सुविधा रहेको केन्यामा एक महिने बसाइ म्याद सकिएपछि अर्को भिसा लगाउने क्रममा एजेन्ट गुरुङले नक्कली स्टिकर र देखावटी 'वर्क परमिट' भिडाएका थिए । 'यो नक्कली काम र मानव तस्करीको सञ्जालबारे थाहा पाएपछि हामीसँग परामर्श गर्ने क्रममा नैरोवी आइरहेका बेला असार ३० (जुलाई १४) मा किलेलेस्वा प्रहरीले पक्राउ गरेर थुनामा हालेको रहेछ,' गैरआवासीय नेपाली संघ, केन्याका अध्यक्ष रामचन्द्र बस्यालले कान्तिपुरसँग भने । थुनामा राखेको तीन दिनमै मिलिमानीस्थित अदालतले अनधिकृत रूपमा केन्या प्रवेश र नक्कली कागजातका आधारमा २ लाख केन्या सिलिङ -२ लाख रुपैयाँ बराबर) अथवा डेढ वर्ष जेल सजायको निर्णय सुनाएको थियो । नैरोवी पश्चिमी जेलमा -वेस्ट पि्रजन) मा राखिएका तीन नेपालीलाई भेट्न गैरआवासीय नेपाली संघ केन्याका अध्यक्ष बस्यालसहितका प्रतिनिधि आइतबार जेल पुगेका थिए । 'अब जति छिटो हुन्छ, जरिवाना शुल्क जम्मा गर्ने र यिनीहरूलाई जेलमुक्त गर्ने प्रयासमा छौं,' जेल भ्रमणमा जाने अर्का प्रतिनिधि कुल कार्कीले भने । पछिल्ला वर्षमा अपि|mकाको केन्या र तान्जानियालाई 'ट्रान्जिट' बनाएर मानव तस्करीको सञ्जाल बिस्तार भइरहेकामा यसमा विशेष निगरानी राख्न स्थानीय नेपाली समुदायले परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग र मुख्य सचिवलाई ध्यानाकर्षण गराएका छन् । अहिले थुनामा रहेका तीन नेपालीलाई निकाल्न आवश्यक जरिवाना शुल्क यी पीडितका परिवारसँग समेत नरहेकाले यसको स्रोत जुटाउन परराष्ट्र मन्त्रालयसँग उनीहरूको आग्रह छ । नैरोवीमा कार्यरत किरण हाडाले 'अदक्ष श्रमिक कामको खोजी गर्दै झुक्किएर पनि अपि|mकी मुलुक नआए हुन्छ' भन्दै सीपविहीन हकमा अपि|mकी कामदारले आफ्नै देशमा मासिक सय डलर आम्दानी गरिरहेको जानकारी दिए् । 'अपि|mका हुँदै अमेरिका/युरोप लैजाने अथवा यता काम दिलाउने भनेर एजेन्टले बनाउने कागजात र देखाउने प्रलोभन ९९ प्रतिशत झूटा हुन््,' उनले भने । अपि|mकी मुलुकमै रहेर पनि हाल सम्पर्कहीन रहेका एजेन्ट गुरुङले विगतमा पनि सयभन्दा बढी नेपालीलाई युरोप लैजाने भन्दै केन्या र तान्जानियामा अलपत्र पारेको प्रमाणसहित गैरआवासीय नेपाली संघका प्रतिनिधिले तस्करीमा जुटेका एजेन्टहरूमाथि निगरानीका लागि अनुरोध गरेका छन्् । केन्याको यो नेपाली मामला दक्षिण अपि|mकाको पि्रटोरियामा रहेको नेपाली दुतावासले अनुगमन गर्ने भए पनि तस्करीको सञ्जाल रोक्न दूतावासले 'सूचना राख्ने' बाहेक अरु पद्धति बसाल्न सकेको छैन । थुनामा रहेका उमानन्द गिरीकी श्रीमती आयुषाले गैरआवासीय नेपाली संघ, अपि|mका क्षेत्रलाई एक पत्र लेख्दै श्रीमान्को उद्धारका लागि तत्काल पैसा जुटाउन मुस्किल पर्ने भएकाले सहयोगको आग्रह गरेकी छन्् । 'हामीले थाहा पाएअनुसार एजेन्ट गुरुङ र उनको सहयोगीले थप १५ नेपालीलाई केन्याको बाटो हुँदै युरोप लैजाने भनेर ल्याउँदै रहेछन्,' अध्यक्ष बस्यालले भने, 'मानव तस्करीका लागि अपि|mका ट्रान्जिट बनेको यो यथार्थलाई सरकारी तहबाटै जानकारी गराइनु उपयुक्त हुन्छ ।' मानव तस्करीको यस्तै फन्दामा परेर केन्याको अर्को जेलमा काठमाडौंका कमल महर्जन पनि थुनामा रहेको जानकारी स्थानीय नेपाली समुदायले पाएका छन्् । तर यसबारे थप विवरण आएको छैन ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.