Widgets

Home » » उडुस र लामखुट्टेको टोकाइले कैदीबन्दी समस्यामा

उडुस र लामखुट्टेको टोकाइले कैदीबन्दी समस्यामा

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ साउन, म्याग्दी । जिल्ला कारागार म्याग्दीमा रहेका कैदीबन्दीहरुले उडुस र लामखुट्टेको टोकाइबाट रातमा निदाउन नपाएको गुनासो गरेका छन् । गर्मीयाम सुरु भएसँगै कारागारमा उडुस र लामखुट्टेलेेे टोकेर रातमा निदाउन नदिने समस्या देखिए पनि कारागार प्रशासनले आफूहरुको समस्याप्रति बेवास्ता गरेको कैदी/बन्दी शिव पाइजाले बताए । रातभरि सुत्न नै पाइँदैन पाइजाले भने, “उडुस मार्ने विषादी छर्केको भए पनि केही राहत भएको छैन ।” गर्मी बढेसँगै कारागारभित्र उडुससँगै लामखुट्टेको सङ्क्रमण बढेकाले रातभरि राम्रोसँग निदाउन नपाउने कैदी नाइके रामबहादुर विकले गुनासो गरे । लामखुट्टेबाट जोगिनका लागि सबैसँग झुलसमेत छैन- उनले भने । यता कारागार प्रशासनले उडुस नियन्त्रणका लागि जति प्रयास गरे पनि पूर्णरुपमा निर्मूलन पार्न नसकेको जनाएको छ । पटकपटक उडुस मार्ने विषादी प्रयोग गरेको भए पनि समस्या समाधान नभएको जिल्ला कारागार म्याग्दीका निमित्त जेलर रमेश रेग्मीले बताउनुभयो । यसैबीच क्षमताभन्दा दोब्बर कैदीबन्दी रहेको म्याग्दी कारागारमा गर्मीको समयमा एकैठाउँमा बस्नुपर्दा समस्या हुने गरेको भन्दै कैदीबन्दीले पङ्खाको व्यवस्था गर्न माग गरेका छन् । विभिन्न कोठामा मिलेर सुत्ने भएकाले १० वटा पङ्खाको व्यवस्था गरिदिन उनीहरुले कारागार प्रशासन र विभिन्न सङ्घसंस्थालाई आग्रह गरेका हुन् । कारागारमा सुरक्षाकर्मी, प्रशासन र कैदीबन्दी सबैलाई गर्मीको समयमा पङ्खाको आवश्यकता पर्ने भए पनि व्यवस्थापन गर्न नसकिएको निमित्त जेलर रेग्मीले बताउनुभयो । उहाँका अनुसार ३० जना पुरुष र सातजना महिला क्षमताको कारागारमा अहिले ६० जना पुरुष र सातजना महिला गरी ६७ जना कैदीबन्दी रहेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger