Widgets

Home » » मरिचमानको उपचारका लागि अमेरिकामा रकम संकलन

मरिचमानको उपचारका लागि अमेरिकामा रकम संकलन

Written By sangalo on Tuesday, July 23, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
८ साउन, फ्लोरिडा । पूर्वप्रधानमन्त्री मरिचमान श्रेष्ठको स्वास्थ्य उपचारका लागि अमेरिकामा रकम सङ्कलन अभियान सुरु गरिएको छ । hसाहित्यकार ज्ञानेन्द्र गदालले राष्ट्र बचाउने नेताहरूको जीवन बचाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य भएकाले अमेरिकाका विभिन्न स्थानबाट रकम सङ्कलन अभियान सुरु गरिएको बताउनुभयो ।उहाँका अनुसार अमेरिकाको फ्लोरिडा, कोलोराडो, टेक्सास, एटलान्टा, क्यालिफोर्निया, न्यूयोर्क, वासिङ्गटन डिसी, बोस्टन, साउथ क्यरोलिनालगायत विभिन्न राज्यमा रहँदै आएका नेपालीले पूर्वप्रधानमन्त्री श्रेष्ठको उपचारका लागि रकम सङ्कलन गर्दै आएका छन् । श्रेष्ठको स्वास्थ्यलाभको कामना गर्दै सुरु गरिएको सो अभियान स्वतःस्फूर्त भएको बताउँदै साहित्यकार गदालले यो महिनाको अन्तिमसम्ममा सङ्कलित रकम दाताहरूको नामावलीसहित नेपालमा रहेको मूल खातामा पठाइने जानकारी दिनुभयो । पूर्वप्रधानमन्त्री श्रेष्ठ फोक्सोको क्यान्सरबाट पीडित भई भारतको मेदान्त अस्पतालमा उपचारार्थ हुनुहुन्छ । आर्थिक अभावका कारण उहाँको उपचार हुन नसकेको दुखेसो परिवारजनले व्यक्त गरेपछि विदेशमा रहेका नेपालीले स्वतःस्फूर्तरूपमा रकम सङ्कलन अभियान थालेका हुन् । विदेशमा रहेका नेपालीले आर्थिक अभावमा पूर्वप्रधानमन्त्री उपचारबाट वञ्चित हुन सक्ने अवस्थाप्रति ध्यान दिन सरकारसँग अनुरोधसमेत गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger