भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
छविदेखि नायिका रेखा थापा टाढिएपछि छविसँग नजिक भएका आर्यन सिग्देल अब आफैँ निर्माता बन्ने भएका छन् । हालै छवि ओझाको फिल्म 'लोफर'को छायांकन सकेर बसेका आर्यनले व्यानर साझेदारीमा फिल्म निर्माण गर्ने भएका हुन् । उनले सुवास इन्टरटेनमेन्टसँगको साझेदारीमा फिल्म निर्माण गर्न लागेका हुन् । 'नोभेम्वर रेन' टाइटलमा फिल्म बनाउन लागेका आर्यनले सुवास गिरीसँगको साझेदारीमा भदौको दोस्रो हप्तादेखि फिल्मको छायांकन गरिने बताएका छन् । नोभेम्वर रेनलाई दिनेश राउतले निर्देशन गर्ने भएका छन् । राउतले यसअघि आइ एम सरी निर्देशन गरेका थिए, जसमा आर्यनले नायकको भूमिका निभाएका थिए । हाल मधुमासको छायांकनमा व्यस्त रहेका आर्यनको यस प्रोजेक्टमा नायिकाको लागि नम्रता श्रेष्ठलाई प्रस्ताव गरिएको छ । उता नम्रताले पनि अरु प्रोजेक्ट नजुधेमा आर्यनको प्रोजेक्टलाई स्विकार्ने बताएकी छिन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.