भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चितवन - व्यापारीसँग जबरजस्ती चन्दा मागेको आरोपमा समातिएका आफ्ना कार्यकर्तालाई छुटाउन एकीकृत माओवादीको युवा संगठन वाइसीएलले चितवन नारायणगढमा रहेको वडा प्रहरी कार्यालयका प्रहरीमाथि हातपात गरेको छ।
प्रहरीले मंगलबार साँझ चन्दा माग्दै हिडेका वाइसीएलका चारजना कार्यकर्तालाई नारायणगढमा समाएको थियो।
पक्राउ परेकाहरुलाई वडा प्रहरीमा ल्याइएको थियो। 'त्यसपछि उहाँहरुलाई छुटाउन हाम्रा साथीहरु जानु भएको थियो। साथीहरुका अगाडि नै प्रहरीले गिरफ्तार भएकालाई कुटेको रहेछ। त्यसपछि प्रहरीसँग धकेला धकेल भएको हो,' वाइसीएल चितवनका संयोजक सुमनले जानकारी दिए। चन्दा माग्ने चारजना र वडा प्रहरी कार्यालयबाट थप दुईजना वाइसीएल कार्यकर्ता समातिएका हुन्।
साउन १९ गते वाइसीएलको जिल्ला सम्मेलन हुँदैछ। 'सो सम्मेलनका लागि सहयोग मागेका थियौं। एकजना होलसेल व्यापारीले जम्मा २०, २५ रुपैयाँ दिन्छु भन्नु भएछ। त्यसो भए सहयोग माग परेको हाम्रो पत्र फिर्ता ल्याउनुहोस भनेपछि पत्र ल्याउन भन्दै भित्र गएर प्रहरी बोलाएछन्,' वाइसीएल संयोजक सुमनले भने।
प्रहरीले चन्दा माग्दै गरेका मधुराज न्यौपाने, भरत मगर, मोहन शेर्पा र राजु भन्नेलाई समाएको संयोजक सुमनले बताए। वडा प्रहरी कार्यालयमा प्रहरीसँग हात हालाहाल भएपछि उत्तम गुरुङ र विशाल मरहठ्ठा समातिएका छन्। पक्राउ परेका सवैलाई मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय ल्याइएको छ। उनीहरुलाई आज बुधबार बिहान १० बजेसम्म छाड्न वाइसीएलले माग गरेको छ।
वाइसीएलले आक्रमण गर्दा वडा प्रहरी कार्यालयका प्रहरी जवान मनोज चौहानको आँखा नजिक चोट लागेको छ। त्यस्तै प्रहरी सहायक निरीक्षक हेमन्तकुमार सिंहलाई पनि चोट लागेको प्रहरीको भनाइ छ। 'जबरजस्ती चन्दा असुली निर्वाचन आचारसंहिता विपरितको काम हो। पक्राउ परेकालाई कानुन अनुसार कारबाही हुन्छ,' चितवनका प्रहरी उपरीक्षक प्रद्युम्न काकीले भने।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.