Widgets

Home » , » मंगल ग्रहमा समुद्र रहेको पुष्टि

मंगल ग्रहमा समुद्र रहेको पुष्टि

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
वैज्ञानिक तथा खगोलशास्त्रीहरुले मंगल ग्रहमा पानी रहे नरहेको, जिवनको सम्भावना रहे नरहेको विषयमा लामो समयदेखि खोज अनुसन्धान गरिरहेका छन् । मंगल ग्रहमा लाखौँ वर्षपहिले समुद्र रहेको भन्ने खालका कथनहरुमा वैज्ञानिकहरु एकमत नभएका भएपनि मंगल ग्रहमा पानीको अंश रहेको विभिन्न अनुसन्धानले देखाएका छन् ।
तर पछिल्लो अनुसन्धानले भने मंगल ग्रहमा अबौँ वर्षपहिले विशाल समुद्र रहेको तथ्य पुष्टि गरेको छ । अमेरिकाको क्यालिफोर्निया इन्स्िटच्युट अफ टेक्नोलोजीका शोधकर्ताहरुले मंगल ग्रहमा अरबौँ वर्षपहिले मार्टिन नामको समुद्र रहेको सबूत फेला परेको दाबी गरेका हुन् ।
mangal
मार्टिन नामको उक्त समुद्रले मंगल ग्रहको एक तिहाइ भाग ओगटेको थियो । उक्त समुद्रको अवशेष अहिले पनि बाँकी रहेको बताइएको छ । मंगल ग्रहको हाइ रिजोलुसन तस्वीरको विश्लेषणबाट शोधकर्ताहरुले यस्तो निष्कर्षनिकालेका हुन् ।
यसैबीच मंगल ग्रहको अनुसन्धानका लागि एक वर्षघि पठाइएको क्युरोसिटी रोबरले एक किलोमिटर दुरी तय गर्दै किर्तिमान बनाएको छ । अघिल्लो वर्षो अगष्ट ५ मा मंगल ग्रहको सतहमा उत्रिएको क्युरोसिटी अब मंगल ग्रहको ग्लेनेग भन्ने क्षेत्रमा जानेछ जुन अहिलेको ठाउँभन्दा ८ किलोमिटर टाढा छ । त्यहाँ गएर क्युरोसिटीले मंगल ग्रहको वातावरण कसरी बदलिएको छ ? भन्ने कुराको अध्ययन गर्नेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger