Widgets

Home » » काम गर्न हिडेका नेत्र आठ दिनपछि अर्धचेत अबस्थामा अस्पतालमा फेला

काम गर्न हिडेका नेत्र आठ दिनपछि अर्धचेत अबस्थामा अस्पतालमा फेला

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
रामचन्द्र नेपाल
netraक्वालालम्पुर । मलेसियाको एक कम्पनीमा काम गर्न कोठावाट हिडेका एक नेपाली ८ दिनपछि अर्धचेत अवस्थामा आम्पाङ अस्पतालमा भेटिएका छन् । रामेछाप सुकाजोर – ७ घर भई क्वालालम्पुरमा रहेको एक सेक्युरिटि कम्पनीमा कार्यरत नेत्र वहादुर मगर अर्धचेत अवस्थामा आम्पाङ अस्पतालको वार्डमा भेटिएका हुन । गएको ८ तारिखका दिन साझँको समयमा मोटरसाईकल चढेर उनी डिउटी गर्न गएका थिए ।
तर डिउटिमा भने उनी पुगेका थिएनन् । साथीभाईले डिउटी गएको साथी हराएपछि स्थ्ाानिय प्रहरी र नेपाली दूतावासमा खवर गरेका थिए । पछि साथीहरुले खोजीनीति गर्दै जाँदा उनी आम्पाङ अस्पतालमा भेटिएका हुन् । हाल उनको अवस्था गम्भीर रहेको अस्पताल श्रोतले वताएको छ । श्वास प्रश्वासमा समस्या देखिएको कारण घाँटीमा प्वाल पारी श्वास प्रश्वास प्रकृयालाई सहज वनाएको उपचारमा संलग्न डाक्टरले उद्धृत गर्दे श्याम खडकाले जानकारी गराएका छन् ।
उनी अवैधानिक भएकाले पनि कम्पनीले कुनै सहयोग गर्न नसक्ने वताएको छ । उनको उपचार खर्च धेरै लाग्ने डाक्टरले बताएको हुँदा नेत्रबहादुर मगरको उपचार खर्च सहयोगार्थ मलेशियामा रहेका सम्पूर्ण संघ संस्था तथा नेपाली दूतावास साथै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीमा साथीहरुले सहयोगको अपेक्षा गरेका छन् । सहयोगको लागि सम्पर्क श्याम खड्का फोन न. ०१६६३३५७५२ ज्यलन भियलन बैंक एकाउन्ट न. ११६५०४३८१५५ तथा मान बहादुर मगर ०१६३६००२४०८, युवराज कार्की ०१४३२८०९८५ खेमराज दाहाल०१६३७६९०८१ लाई सम्पर्क गर्न सकिने छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger