Widgets

Home » » खाडी मुलुकमा हिन्दुले पनि मनाउँछन् रमादान लुकीलुकी पानी पिउने प्रचलन

खाडी मुलुकमा हिन्दुले पनि मनाउँछन् रमादान लुकीलुकी पानी पिउने प्रचलन

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
युएई । देशअनुसारको भेष, कपालअनुसारको केस, भनेझै कामका लागि अरब भूमिमा पुगेका लाखौं नेपाली हिन्दु धर्मावलम्वीहरु पनि मुस्लिम समुदायको धार्मिक पर्व रमादानका क्रममा एक महिनाको निराहार ब्रत बसुन्जेल पानीसमेत नपिई सगँसँगै रमाउन थालेका छन् । नेपाली लगायत अन्य मुलूकका कामदारहरु आफुहरु मूस्लिम नभए पनि उनीहरुको निराहार व्रतलाई स्वागत मात्र गरेका छैनन्, आफुहरु समेत दिनभर निराहार बसेर सहयोग पुर्‍याइरहेका छन् । मूस्लिमहरुको रमादान सुरु भएलगत्तै नेपालीहरु समेत दिनभर सार्वजनिकरुपमा पानीसमेत पिउँदैनन् दिनभर बरु भोकभोकै बसेर सहयोग गर्छन् । तीन वर्षकी छोरी लिएर अवुहिलबाट बर दूवई आफन्तकोमा निस्केकी झापाकी बुनु चापागाईले छोरीले प्यास लागेर पानी माग्दासमेत दिइनन् र कोठामै पुगेर मात्र पानी दिइन् । उनले भनिन्- पानी पिएको कसैले देख्यो भने अप्ठ्यारो पर्छ भनेर नदिएको होइन, रमादानको सम्मान गरेको हो ।दिनभर सडक सफा गरिरहेका बुटवलका लिला बोगटी पनि कसैको धार्मिक पर्व परंपरामा आँच आउन नहुने तर्क राख्दै लुकाएर बोकेको पानी प्यास लागे ट्वाइलेटमा गएर पिउँछन् । उनले भने, धार्मिक सम्मान गरेको हो हामीले । मुस्लिम समुदायको धार्मिक पर्व रमादान र एक महिनाको निराहार ब्रत वसुन्जेल अन्य जातजाति र समुदायलाई दिनभर देख्नेगरी कुनै पनि आहार खान तथा पानीसम्म पिउन अघोषित रुपमा बन्देज लगाइएको छ । यसलाई सम्मान गर्दै नेपालीले र अन्य समुदाय या धर्मावलम्विहरुले पनि गएको एक सातादेखि सार्वजनिक रुपमा पानी पिएका छैनन् । उनीहरुले भनेका छन् ‘मूस्लिमहरु दिनभरि भोकै बस्छन् उनीहरुले देख्ने गरी खाजा खायो या पानी पियो भने उनीहरुलाइ होच्याएजस्तो, गिज्याए जस्तोहुन्छ भनेर हामीले पनि खादैनौं । त्यसो त पुराना तथा वर्षर्ैदेखि यूएइ बसेका भुक्तभोगीका अनुसार रमादानमा मूस्लीम समुदायका मानिसहरु दिनभर भोकै रहने र ब्रत बस्ने भएकाले उनीहरुले देख्नेगरी सार्वजनिक रुपमा पानीसम्म पिउन बन्देज लगाइने गरेको छ । कतिपय ठाउँमा सार्वजनिकरुपमा पानी पिएको देखेमा प्रहरीलाई तुरुन्त खबर गर्ने र पक्राउने भएकै कारण लुकेर पानि पिउने गरेको केही नेपालीहरु बताउँछन् । त्यसो त युएईका सबै होटल, चिया पसल एक महिनाभर दिनभरि बन्द हुन्छन् र साँझपख मात्रै खुल्ने गरेका छन् । एनआरएन यूएइका अध्यक्ष चन्द्र रोकाहाले अर्काको मूलुकमा काम गर्न आएकाले मुस्लिम समुदायसँग मिलेर काम गर्नुपर्ने भएकाले छलिएर र समय मिलाएर खाएकै बेस हुने तर्क गरे । उनले भने, उनीहरु भोक भोकै हँुदा उनीहरुको सम्मान गरेर खानैपरे पनि एकान्तमा गएर खानु नै राम्रो हो । उता नेपाल पत्रकार माहासंघ यूएइ शाखाका अध्यक्ष अर्जुन दहाल पनि जुन मुलुकमा गएर बसेको छ, त्यही मुलुककासँग मिलेर बस्नुपर्ने भएकाले आफुसमेत रमादानभरि कम्पनीमा खाना नखाने गरेको र कोठामै आएर खाने गरेको बताउँछन् । यूएईका लागि नेपाली दुतावासका उपनियोग प्रमुख दिपक अधिकारी रमादान र नेपाली कामदारले भोकभोकै तथा दिनभर पानीसम्म पिउन नपाउनुलाई अन्यथा लिन नहुने बताउँदै देश अनुसारको भेष धारण गर्नुपर्ने बताउँदै सार्वजनिक रुपमा नखानु नै बेसहुन्छ भन्दै अरुको धर्मको पनि सम्मान गरेको राम्रो हो भन्नुहुन्छ । टीकाराम नेति/यूएइ दुवईबाट

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger