Widgets

Home » » चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५९ करोड नाघ्यो

चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५९ करोड नाघ्यो

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ५९ करोड नाघेको छ । चीनको इन्टरनेट नेटवर्क इन्फरमेसन सेन्टरले सार्वजनिक तथ्यांक अनुसार चीनमा ५९ करोड १० लाख मानिसले इन्टरनेट सेवा प्रयोग गरिरहेका छन् ।
त्यसमध्ये ४६ करोड ४० लाखले स्मार्टफोन तथा अन्य वायरलेस डिभाइसमार्फत इन्टरनेट प्रयोग गर्ने गरेका छन् । पछिल्लो तथ्यांकले एक वर्षमा चिनिया इन्टरनेट प्रयोगकर्ताको संख्या १० प्रतिशतले बढेको र देशका ४४ प्रतिशत नागरिकले इन्टरनेट सेवा प्रयोग गरिरहेका देखाएको हो ।
china internet users
यो हप्ताको सुरुमा चिनको सबैभन्दा लोकपि्रय सर्च इन्जिन बैदुले देशको एक प्रख्यात वायरलेस वेबसफ्ट १ अर्ब ९० करोड डलरमा खरीद गर्न लागेको घोषणा गरेको थियो ।
चीनमा माइक्रोब्लगिङ साइट सिना वेबो पछिल्लो समय निकै चर्चित बनेको छ । यसका दैनिक ४ करो ६० लाख प्रयोगकर्ता छन् । त्यस्तै वेब म्यासेजिङ सेवा टेन्सेन्टका प्रयोगकर्ता ७९ करोड ८२ लाख छन् । यो सेवा चीनमा मात्र नभएर इण्डोनेसिया लगायतका देशमा पनि लोकपि्रय छ ।
तथ्यांक अनुसार सन् २००९ मा चीनमा ३३ करोड ८० लाख इन्टरनेट प्रयोगकर्ता थिए ।
चीन विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश मात्र होइन सबैभन्दा बढि इन्टरनेट प्रयोगकर्ता भएको देश पनि हो । चीनमा ५९ करोड १० लाख इन्टरनेट प्रयोगकर्ता छन् ।
दोश्रो स्थानमा रहेको अमेरिकामा २५ करोड ४० लाख इन्टरनेट प्रयोगकर्ता छन् । तेश्रो स्थानमा भारत रहेको छ । भारतमा १५ करोड २० लाख इन्टरनेट प्रयोगकर्ता रहेका छन् । चौथो स्थानको जापानमा १० करोड १० लाख र पाँचौ स्थानको ब्राजिलमा ९ करोड ९० लाख जना इन्टरनेट प्रयोगकर्ता रहेको तथ्यांकले देखाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger