Widgets

Home » » सलमानको रेकर्ड ब्रेक गर्न एक दिन पछि सरे साहरुख

सलमानको रेकर्ड ब्रेक गर्न एक दिन पछि सरे साहरुख

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
रोहित सेट्टीको निर्देशनमा तयार भएको पछिल्लो चलचित्र ‘चेन्नाई एक्सप्रेस’ अहिले सर्वाधिक चर्चामा छ । चलचित्रले बलिउडमा यसअघि बनेका सबै बक्स अफिस रेकर्ड तोड्ने अपेक्षा पनि गरिएको छ ।यसैक्रममा यसको निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति एक दिन पछि सारेको छ । अगष्ट ८ बाट प्रदर्शनमा आउने भनिएको यो चलचित्र अब एक दिन पछि अर्थात अगष्ट ९ बाट विश्वभर एकसाथ प्रदर्शनमा आउनेछ ।
साहरुख खान, दीपिका पादुकोण अभिनित यो चलचित्रको प्रदर्शन मिति किन एक दिन पछि सारियो भन्ने विषयमा निर्माणपक्षले केही बोलेको छैन । तर अगष्ट ९ मा भारतको चर्चित पर्व ईद परेकाले पनि प्रदर्शन मिति सारिएको अड्कल काटिएको छ । बक्स अफिसमा सलमान खान अभिनित ‘एक था टाइगर’ पहिलो दिनमा सबैभन्दा बढि आम्दानी गर्ने चलचित्र हो । यो सिनेमाले गतबर्षको ईदमा ३२ करोडको ओपनिङ कलेक्शन गरेको थियो । यसैले पनि साहरुखले यो रेकर्डलाई तोड्नका लागि ईदकै दिनबाट सिनेमा प्रदर्शन गर्ने सोचाई बोकेको अनुमान गरिएको छ । बलिउडमा साहरुख र सलमान एक अर्काको चर्को दुश्मन मानिन्छन् ।
पूर्णतया द्वन्द्व र प्रेमलाई आधार बनाएर तयार पारिएको चलचित्रको चर्चा निक्कै छ । यसैले पनि यसले ‘एक था टाइगर’ले बनाएको सम्पुर्ण रेकर्ड तोड्ने अपेक्षा गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger