Widgets

Home » » कोरियामा न्यूनतम तलब ९० हजार

कोरियामा न्यूनतम तलब ९० हजार

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
सोल, असार २२ - दक्षिण कोरियाको साना तथा मझौला उद्योगमा कार्यरत स्वदेशी तथा विदेशी मजदुरका तलबमा ७.२ प्रतिशतले वृद्धि भएको छ । २०१४ बाट लागू हुने नयाँ तलबमानअनुसार मजदुरहरूले प्रतिघन्टा ५ हजार २ सय १० वन (४.५७ अमेरिकी डलर) पाउने भएका हुन् । हाल ४ हजार ८ सय ६० वन पाउँदै आएका छन् । शुक्रबार बिहान ४ बजे न्यूनतम ज्याला समितिको कार्यालय खाङनामबाट घोषणा गरिएको नया नियमअनुसार मजदुरहरूले मासिक न्यूनतम २ सय ९ घन्टा काम गरेबापत १० लाख ८८ हजार ९० वन अर्थात करिब ९० हजार रुपैयाँ -१ अमेरिकी डलरको मूल्य ९५.९४ रुपैयाँ र ११४२ वनको आधारमा) नेपाली कामदारले पाउने छन् । यहाँको रोजगार तथा श्रम मन्त्रालयले पार्क जुन सङको संयोजकत्वमा ज्याला निर्धारण समिति गठन गरेको थियो । गत जुन २१ मा पहिलो पटक बैठक बसेको समितिले जुन २७ मा ज्याला निर्धारण गरिसक्नुपर्ने भए पनि विवाद भएपछि निर्णय गर्न ढिला भएको थियो । कोरियन मजदुर महासंघ -केसीटीयू), प्रवासी मजदुर युनियन -एमटीयू) लगायत मजदुर संगठनहरूले बढ्दो महँगीका कारण जीवनयापनमा कठिनाइ भएकाले २१.६ प्रतिशत -प्रतिघन्टा ५ हजार ९ सय १० वन) वृद्धि हुनुपर्ने माग राख्दै अपि्रल महिनादेखि श्रम तथा रोजगार मन्त्रालय, श्रम विभाग र कोरिया व्यवसायी व्यवस्थापन महासंघको कार्यालयमा प्रदर्शन गर्दै आएका थिए । बिहीबार बेलुकी ७ बजेदेखि सुरु भएको २७ सदस्यीय न्यूनतम ज्याला निर्धारण समितिको बैठकमा पनि समझदारी हुन नसकेपछि मतदान प्रक्रियामार्फत तलब वृद्धि प्रतिशत निर्धारण गरिएको थियो । समितिमा मजदुर संगठनका प्रतिनिधि ९, रोजगारदाता संघका प्रतिनिधि ९ र सरकारी प्रतिनिधि ९ मध्ये २४ जना मतदानमा सहभागी भएका थिए । यीमध्ये १५ जनाले प्रतिघन्टा ५ हजार २ सय १० वनको पक्षमा मतदान गरेका थिए भने ९ जान तटस्थ रहेका थिए । कोरियामा २००३ देखि प्रत्येक वर्ष मजदुरहरूको तलब वृद्धि हुँदै आएको छ । २०१४ का लागि शुक्रबार बिहान निर्धारण गरिएको ७.२ प्रतिशत विगत ५ वर्षमै ठूलो अंक हो भने २००३ को तुलनामा दोब्बरभन्दा बढी हो । सरकारले २००९ मा ६.१, २०१० मा २.७५, २०११ मा ५.१, २०१२ मा ६ र २०१३ मा ६.१ प्रतिशत वृद्धि गरेको थियो । कोरियाली मजदुर इतिहासमा सबैभन्दा धेरै २००४ मा १३.१ प्रतिशत तलब वृद्धि भएको थियो । परिवर्तित नयाँ तलबमानले कोरियाको विभिन्न उद्योगहरूमा कार्यरत स्वदेशी तथा विदेशी २५ लाख ६५ हजार न्यून आय भएका मजदुरहरूलाई फाइदा पुग्ने छ । नेपालसहित एसियाका १५ देशका युवाहरूको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियामा प्रत्येक वर्षको तलब वृद्धिले १७ हजार नेपाली श्रमिक अझ उत्साहित बनेका छन् । केही समयअघि कोरिया साना तथा मझौला व्यवसायी संघ -केबिज) ले गरेको सर्भेक्षणमा कोरियन मजदुरको औसत ज्यालाभन्दा नेपाली कामदारको कमाइ १६ लाख २१ हजार वन -१४ सय ३७ डलर) अथवा ६ दशमलव ८ प्रतिशतले बढी भएको उल्लेख छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger