भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
'एक्सन स्टार विराज भट्टले छक्का हानेका छन्....चिन्ता नलिनुहोस्, विराजले क्रिकेट खेलमा छक्का हानेका होइनन्, भोजपुरी चलचित्रमा ब्याट टु ब्याक छ वटा चलचित्र प्रदर्शन भएपछि उनले छक्का हानेका हुन्।' भोजपुरी चलचित्रसम्बन्धी गतिविधि प्रकाशित गर्ने एउटा वेबसाइटको समाचार हो यो। क्रिकेट खेलाडीले एउटै ओभरमा छक्का हानेको शैलीमा तयार पारिएको उक्त समाचारमा उल्लेख छ- 'यो वर्ष विराज भट्टका ६ वटा भोजपुरी चलचित्र प्रदर्शन भैसकेका छन् र तीनले सफलताको रेकर्डसमेत कायम गरेका छन्। जानवर, जान तेरे नाम, भाइजी, दुर्गा, मर्द तांगेवाला तथा हिम्मतवाला जस्ता चलचित्र एक-पछि अर्को गर्दै प्रदर्शन मात्र भएनन्, बक्स अफिसमा समेत उत्कृष्ट रेकर्ड राख्न सफल भए। अर्को शब्दमा भन्नु पर्दा विराजले भोजपुरी भाषाका चलचित्र हेर्ने दर्शकको मनमा राज गरिसकेका छन्।' उक्त समाचारमा भनिएअनुसार विराज भट्टले अन्तिम ताण्डब, आँधी तुफान, कर्जा माटी के, प्यार करेला हिम्मतवाला चाहिँ, दबंग मोर बालमा, मैदान ए जंग तथा लडब मरते दम तक जस्ता चलचित्रमार्फत पनि आफ्नो जलवा देखाइसकेका छन्।' केही दिनअघि साप्ताहिक संवाददाताले कोटेश्वर, काठमाडौंस्थित एउटा व्यस्त पान पसलमा केही तराईमूलका नेपालीहरूबीचको संवाद सुन्ने अवसर पाए। कुराकानीबाट उनीहरू भोजपुरी चलचित्रका नियमित दर्शक भएको सहजै अनुमान लगाउन सकिन्थ्यो। कुराकानीका क्रममा उनीहरूले विराज भट्टलाई भोजपुरी चलचित्रको नम्बर वान नायक भन्न कन्ज्युस्याईँ गरिरहेका थिएनन्। उनीहरू जति पानका पारखी देखिन्थे, त्योभन्दा बढी भोजपुरी चलचित्रका पारखी थिए। कुनै बेला नेपाली चलचित्रमा समेत नम्बर वन नायकका रूपमा स्थापित विराज भट्टको प्रशंसा भोजपुरी चलचित्रका दर्शकको मुखबाट सुन्न पाउनु आफैंमा सुखद पक्ष थियो। उनीहरूको कुराकानीलाई आधार मान्दै साप्ताहिकले आधा दर्जनभन्दा बढी भोजपुरी अनलाइन पेजको अध्ययन गर्यो जसमा अधिकांश वेबसाइटले विराज भट्ट भोजपुरी चलचित्रमा पछिल्लो समय सबैभन्दा रुचाइएका नायकका रूपमा प्रस्तुत गरेको पाइयो। दर्शकको प्रतिक्रिया तथा अनलाइन सामग्रीको अध्ययनपछि साप्ताहिकले विगत तीन वर्षदेखि भोजपुरी चलचित्रमै अभिनय गर्न मुम्बईमा बसोबास गरिरहेका नायक विराज भट्टसँग सम्पर्क गर्यो। मंगलबार बिहान यो संवाददातासँग करिब एक घन्टा टेलिफोन वार्ता गर्ने क्रममा अत्यन्त हषिर्त मुद्रामा प्रस्तुत भएका ६ फिट अग्ला नेपाली नायक विराज भट्टले भने- 'हो, मलाई अहिले भोजपुरी चलचित्रको सुपरस्टार भन्न थालिएको छ। मैले अभिनय गरेका चलचित्रमध्ये ९० प्रतिशत चलचित्रले अत्यन्त राम्रो व्यापार गरेपछि मलाई सुपरस्टारको दर्जा प्राप्त भएको छ। भोजपुरी चलचित्रका तीन सुपरहिट नायकमा म पनि पर्न सफल भएको छु। भोजपुरी चलचित्रमा रवि किसनपछि मेरो नाम आउनु हामी सबै नेपालीका लागि गर्वको कुरा हो।' कुराकानीका क्रममा विराजले गत शुक्रबारदेखि मुम्बई, महाराष्ट्र तथा गुजरातमा उनको पछिल्लो चलचित्र 'मैदाने जंग' प्रदर्श्ान भैरहेको बताए। 'मुम्बईका २० वटा थिएटर तथा महाराष्ट्र र गुजरातका करिब ४० वटा थिएटरमा मैले मुख्य भूमिका निर्वाह गरेको 'मैदाने जंग' प्रदर्श्ान भैरहेको छ, विराजले थपे- 'मुम्बईका गल्ली-गल्लीमा मेरा ठूला तस्बिरसहितका चलचित्रका पोष्टर देख्दा आफैंलाई विश्वास लाग्दैन। मुम्बई लगायत यो क्ष्ाेत्रमा बसोबास गर्ने नेपालीहरूले समेत मेरो पोष्टर हेरेर एउटा नेपाली कलाकारले मुम्बईका भित्तामा सजिन पाएको कुरालाई गौरवका रूपमा लिएको पाएको छु।' नेपाली चलचित्र क्षेत्रमा समेत 'एक्सन नायक' का रूपमा स्थापित विराज भट्टले भोजपुरी चलचित्रमा अभिनय गर्न थालेको ५ वर्ष मात्र भएको छ। सन् २००८ मा उनी काठमाडौंमै एउटा चलचित्रको छायांकनमा व्यस्त भैरहेका बेला पहिलो पटक भोजपुरी चलचित्रमा अभिनय गर्ने प्रस्ताव पाएका थिए। विराज सम्झन्छन्— 'त्यो बेला म नेपाली चलचित्रमै व्यस्त थिएँ,चलचित्र 'लागत रहे राजाजी' नायकको भूमिका निर्वाह गर्ने प्रस्ताव पाएँ। उक्त चलचित्रको छायांकन वीरगन्ज तथा सीमावर्ती विहारका विभिन्न स्थानमा हुने भएकाले मैले स्त्रिmप्ट पढेपछि निर्णय दिन्छु भनेँ। स्क्रिप्ट चित्तबुझ्दो लाग्यो, त्यहीँबाट भोजपुरी चलचित्रमा डेब्यू गरेँ।' विराजका अनुसार केही साताअघि नेपालमा प्रदर्शन भएको 'कर्जा रगतको' शीर्षकको नेपाली चलचित्र त्यही भोजपुरी चलचित्रको नेपाली संस्करण थियो। 'लागल रहे राजाजी' को व्यवसायिक सफलतापछि विराज भोजपुरी निर्माता-निर्देशकको नजरमा पर्न थाले। पहिलो चलचित्र प्रदर्शन भएपछि उनले 'दिवाना' शीर्षकको दोस्रो चलचित्रमा अभिनय गरे। 'दोस्रो चलचित्रमा अभिनय गरेपछि मुम्बई-काठमाडौं आउने जाने भैरह्यो, विराज भन्छन्— 'तेस्रो-चौथो चलचित्रमा अभिनय गर्ने क्रममा पनि म आउने-जाने गरिरहेको थिएँ। मैले अभिनय गरेका चलचित्रले एक-पछि अर्को गर्दै व्यवसायिक सफलता पाउन थालेपछि यताका निर्माता-निर्देशकहरूको अनुरोधलाई स्विकार गर्दै म मुम्बईमै बसोबास गर्न थालेँ।' विराजका अनुसार उनी विगत तीन वर्षदेखि मुम्बईनै बस्दै आएका छन्। 'महिनामा एक पटक काठमाडौं पुग्छु, उनी भन्छन्— 'परिवार काठमाडौंमै भएकाले कम्तीमा महिनाको एक पटक उनीहरूलाई भेटन काठमाडौं जान्छु।' अधिकांश भोजपुरी चलचित्रको छायांकन मुम्बईका विभिन्न स्टुडियोहरूमा हुने भएकाले पनि विराजले मुम्बईलाई गन्तव्य बनाएका हुन्। 'भोजपुरी चलचित्र भए पनि अधिकांश चलचित्र मुम्बईमै छायांकन हुन्छन् , विराजका अनुसार भोजपुरी मात्र होइन भारतमा निमर्ाण हुने अधिकांश भाषाका चलचित्र मुम्बईकै स्टुडियोहरूमा खिचिन्छन्।' मुम्बईको नियमित बसाईका बाबजुद उनले अभिनय गरेका पछिल्ला चलचित्र अझै प्रदर्शन हुन बाँकी छन्। विराजका अनुसार उनका 'देशले रगत मागे' तथा 'भीष्म राज' शीर्षकका दुई नेपाली चलचित्र प्रदर्शन हुन बाँकी नै छन्। 'म नेपाली चलचित्रकै कारण यहाँसम्म आइपुगेको हुँ, विराज भन्छन्- 'त्यसैले मेरो पहिलो प्राथमिकता नेपाली चलचित्र नै हुन्छ। अहिले पनि कुनै राम्रो नेपाली चलचित्रबाट प्रस्ताव आयो भने म दौडेर काठमाडौं पुग्छु।' विराजको सर्त पनि छ— 'चलचित्रको विषयवस्तु तथा प्रस्तुतीकरण स्तरीय हुनुपर्छ।' बिराजले पछिल्लो समय नेपालमा कम बजेटका चलचित्र निर्माण हुन लागेको तथा विषयमा पनि मेहनत कम हुन थालेकोमा चिन्तासमेत गरे। करिब ५० वटा भोजपुरी चलचित्रमा अभिनय गरिसकेका विराज भट्ट यतिबेला आफूलाई भाग्यमानीसमेत मानिरहेका छन्। बलिउडका थुप्रै कलाकारसमेत नचलेर फर्किसकेको भोजपुरी चलचित्र क्षेत्रमा स्थापित हुन पाउँदा उनले आफूलाई भाग्यशाली मानेका हुन्। राहुल राय, अभिनाश बाधवन, गोविन्दाका दुईजना भान्जा आदि थुप्रै नायकले भोजपुरी चलचित्रमा जम्ने प्रयास गरेका थिए। विराजका अनुसार उनीहरू भोजपुरी चलचित्रका दर्शकले स्वीकार नगरेपछि जम्न सकेनन्। भोजपुरी चलचित्रका अधिकांश नायकमा गायन प्रतिभा अनिवार्य मानिन्छ। भोजपुरी चलचित्रका नायक/गायकहरू बिहार आदि क्षेत्रमा आयोजना हुने सांस्कृतिक कार्यक्रमहरूमा प्रायः व्यस्त हुन्छन्। भोजपुरी चलचित्रमा सक्रिय भैरहेका केही नायक/गायकको उदाहरण दिँदै विराजले भने—'भोजपुरी चलचित्रमा जो राम्रो गाउन सक्छ, उ राम्रो नायक पनि हुनसक्ने टे्रन्ड चल्दो रहेछ। उदाहरणका लागि मनोज तिवारी, विजयलाल यादव, छैला विहारी, दिनेश निरहुवा, पवन सिंह, खेसारी लाल, कुलवा, राकेश मिश्र आदि भोजपुरी चलचित्रका स्थापित नायक हुन् तर उनीहरू नायक मात्र होइनन्, गायक पनि हुन्। नायक र गायक दुवै भएकाले उनीहरू भोजपुरी चलचित्रमा टिकिरहेका छन्। 'तर म त गायक होइन, विराजले भने- 'म आफ्नो अभिनय तथा एक्सन कलाकै कारण यहाँ जमिरहेको छु। दर्शकहरूले मेरो शारीरिक बनावट मन पराएका छन्। कद अग्लो हुनुका साथै एक्सनमा म अन्य नायकको तुलनामा एक कदम अघि भएकाले दर्शकले मलाई 'नेपालको कलाकार' भएको जान्दा-जान्दै पनि मन पराएका छन्। मेरा चलचित्र हेर्न मरिहत्ते गर्ने असंख्य दर्शक फेला पारेको छु।' भोजपुरी चलचित्रका अधिकांश नायिका विराजसँग काम गर्न लालायित हुन्छन्। 'मलाई दर्शकले एक्सन भूमिकामा मन पराएकाले रोमान्टिक चलचित्रमा फिट हुन्छु जस्तो लाग्दैन, विराज भन्छन्— 'त्यसो त एक्सन चलचित्रमा पनि मैले भोजपुरी चलचित्रका लोकपि्रय नायिकाहरूसँग काम गरिसकेको छु। अहिले छायांकन भैरहेको चलचित्र 'कसम बर्दी के' मा मलाई रोमान्टिक भूमिका दिइएको छ।' विराजले भोजपुरी चलचित्रमा अभिनय गरेर प्राप्त हुने पारिश्रमिकका बारेमा गरिएको जिज्ञासामा घुमाउरो जवाफ दिए। उनी भन्दैथिए- 'यति नै पाउँछु भनेर किन उल्लेख गर्नु, अत्यन्त राम्रो र चित्तबुझ्दो पारिश्रमिक पाउँछु भनेर लेखिदिनुहोस् न।' समाचारहरूमा उल्लेख भएअनुसार ठूला बजेटका केही चलचित्रमा विराजले १० लाख भारु सम्म पाएका छन्। कुराकानीका क्रममा विराजले आफ्ना केही योजनासमेत सुनाए। उनको पहिलो योजना छ- नेपाली तथा भोजपुरी भाषाका दुई नयाँ चलचित्र निर्माण गर्ने। नेपाल तथा भारतका कलाकार सहभागी हुने ती दुई चलचित्रको छायांकन केही समयपछि नै प्रारम्भ हुँदैछ। उनको दोस्रो योजना भने महत्वाकांक्षी छ। थुप्रै बलिउडकर्मीसँग काम गरिसकेका विराजलाई अधिकांश चलचित्रकर्मीले बलिउडमा समेत डेब्यू गर्न आग्रह गरिरहेका छन्। 'बलिउड भनेको महासागर हो, बिराजले कुराकानीको अन्त्यमा भने- 'डुंगामा खुट्टा राखिसकेको छु, अब हेर्दै जाउँ कहाँसम्म पुग्छु।' भोजपुरी अनलाइनमा विराज भट्टका बारेमा प्रकाशित समाचारका केही अंश - भोजपुरी पर्दामा पहिलो पटक जबरदस्त एक्सनले भरीपूर्ण भोजपुरी चलचित्र 'बा केहू माई के लाल' चाँडै प्रदर्शन हुँदैछ जसमा एक्सन स्टार विराज भट्टको खतरनाक तथा शानदार एक्सन हेर्न पाइनेछ। - चाँडै नै प्रदर्शन हुने भोजपुरी चलचित्र 'जवानी अब जियान ए राजाजी' मा भोजपुरी चलचित्रका एक्सन स्टार विराज भट्टका थुप्रै खतरनाक स्टन्ट छन्। आफ्नी प्रेमिका रुबि सिंहलाई दुश्मनको चंगुलबाट छुटाउन विराज भट्टले यो चलचित्रमा थुप्रै खतरनाक स्टन्ट गरेका छन्। यो चलचित्रमा विराजले आफ्नो हातले बैलगाडी, जिप तथा कारसम्मलाई उठाएको देख्न सकिन्छ। - भोजपुरी चलचित्रमा यतिबेला दुई नायकलाई दर्शकले अत्यन्त मन पराइरहेका छन्। ती दुईमध्ये एक हुन् शुभम तिवारी तथा अर्का हुन् विराज भट्ट। यी दुवैलाई दर्शकले चलचित्र 'अन्तिम ताण्डव' मा देख्न पाउने छन् जुन चाँडै प्रदर्शनमा आउँदैछ। दोस्रो चलचित्र 'लडब मरते दम तक' को पनि ८० प्रतिशत छायांकन सम्पन्न भैसकेको छ। 'अन्तिम ताण्डब' मा विराजले शिक्षकको भूमिका निर्वाह गरेका छन् भने 'लडब मरते दम तक' मा इन्स्पेक्टरको भूमिका निर्वाह गरेका छन्। शुभम तिवारीले विराजसँग काम गर्दा निकै मज्जा आएको बताएका छन्। भोजपुरी चलचित्र क्ष्ाेत्रमा यो जोडीलाई बलिउडका अमिताभ बच्चन-विनोद खन्ना तथा सुनिल शेट्टी-अक्षय कुमारको जोडीसँग तुलनासमेत गर्न थालिएको छ। - भोजपुरी चदचित्रका एक्सन स्टार विराज भट्टको हिट परेड बक्स अफिसमा लगातार जारी छ। उनका हरेक चलचित्रले सफलताको झन्डा लहराइरहेका छन्। दामिनी, दाग, दिलजले, दुश्मनी, बारुद जस्ता सुपरहिट चलचित्र दिइसकेका विराज भट्टको यो वर्ष डा. सुनीलकुमार निर्मित दुर्गा पनि हिट भयो। हालै प्रदर्शन भएको जान तेरे नाम को ओपनिङ पनि शानदार रह्यो। जान तेरे नामले बिहारमा त धूम नै मच्चायो। विराजका आगामी चलचित्रमा खुद्दार, जानवर, दिल त पागल होला तथा भाइजी प्रदर्शनको तयारीमा छन्। अचेल विराज भट्ट मर्द तांगेवालाको छायांकनमा व्यस्त छन्। - विराज भट्ट भोजपुरी चलचित्रमा हिटमा हिट चलचित्र दिने नायकका रूपमा स्थापित भएका छन्। पछिल्ला दिनहरूमा उनले भोजपुरी चलचित्र कसम बर्दी के को छायांकन सम्पन्न गरेका छन् । - यतिबेला भोजपुरी चलचित्रमा विराज भट्टको नाम लिने बित्तिकै त्यसको सिधा अर्थ हुन्छ धूम-धडाका, ढिसुम-ढिसुम ! तर यतिबेला परिस्थिती केही परिवर्तन भएको छ। विराज हि म्यान बाट रोमियो बन्ने क्रममा छन्। मुम्बईमा छायांकन भैरहेको एउटा चलचित्रको छायांकनस्थलमा विराजलाई भिन्न गेटअपमा देखियो। निलो जिन्समा हरियो र कालो चेक फूल सर्ट अनि, कालो चश्मा लगाएका तथा गलामा गम्छा भिरेर नायिकाको पछि लट्टू हुने भूमिकामा छन्- विराज। कसम बर्दी के एक्सन थि्रलर चलचित्र भए पनि विराजलाई रोमान्टिक भूमिकामा प्रस्तुत गरिएको छ। - भोजपुरी एक्सन स्टार विराज भट्टको नाममा चलचित्रसमेत बन्न थालेका छन्। अहिले निर्माण भैरहेको एउटा चलचित्रको शीर्षक विराज तडीपार राखिएको छ। अजय सूदले निर्माण गरिरहेको उक्त चलचित्र चाँडै प्रदर्शनमा आउँदैछ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.