Widgets

Home » » प्रिन्सिपललाई सकेट बम उपहार

प्रिन्सिपललाई सकेट बम उपहार

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

momb

जनकपुर, असार २२ - यहाँका एक आवासीय विद्यालयका पि्रन्सिपललाई चन्दा आतंक मच्चाउने समूहले सकेट बम उपहार पठाए । त्यसो गर्नुको कारणचाहिँ उनीहरूले मागे जतिको चन्दा पि्रन्सिपलले दिन नमान्नु थियो । त्यसको झोंकमा समूहले सकेट बम उपहार पठाएका हुन् । तिनै गिरोहका चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एमाओवादीका केन्द्रीय सदस्य श्रवण बरबरिया यादवका छोरा १९ वषर्ीय विजयकुमार, ठेकेदार तथा म्यानपावर कम्पनी सञ्चालक सवैला ९ का ३२ वषर्ीय जीवछ यादव, चक्कर २ का २७ वषर्ीय इसराइल मन्सुर तथा रघुनाथपुर २ का प्रमोद कापर रहेको प्रहरीले बतायो । प्रहरी उपरीक्षक वसन्त पन्तले शुक्रबार पत्रकार सम्मेलनमार्फत पक्राउ परेकालाई सार्वजनिक गरे । जनकपुरका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरिएको उनले बताए । पन्तका अनुसार आरोपीहरूले जनकपुर १ किशोरीनगरमा सञ्चालित मदर टेरेसा पब्लिक हाईस्कुलका पि्रन्सिपल गोविन्द चन्द्रासँग नेपाली तथा भारतीय मोबाइलबाट पटक-पटक फोन तथा एसएमएस गरी चन्दा मागेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger