Widgets

Home » » डेढ सय रुपैयाँमा पनि कसैले किनेन यी इन्जिनियरलाई

डेढ सय रुपैयाँमा पनि कसैले किनेन यी इन्जिनियरलाई

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मान्छेको मूल्य कति होला ? वास्तवमा मान्छेको कुनै मूल्य नै हुँदैन र अमूल्य हुन्छ । तर बेलायतका एक व्यक्तिको मूल्य भने जम्मा १ सय ४३ रुपैयाँ मात्र छ । एउटा मान्छेको मुल्य डेढ सय रुपैयाँ भन्दा पनि कम ? यो हुनै नसक्ने कुरा, भन्ने लाग्न सक्छ तपाइँलाई । तर यो यथार्थ हो । उनलाई अरु कसैले यति कम मुल्य तोकेको होइन, ती पुरुष आफैले आफ्नो भाउ १.५ अमेरिकी डलर वा झण्डै डेढ रुपैयाँ तोकेका हुन् ।
1111
हो, ५८ वर्षका एक बेरोजगार बेलायती पुरुषले आफुलाई डेढ सय रुपैयाँमा बेच्ने प्रयास गरे । उनले आफुलाई इन्टरनेट साइट इ बे मा लिलामीमा राखे तर उनलाई डेढ सय रुपैयाँमा किन्न पनि कोही राजी भएन । इन्टरनेट मार्फत लिलामीमा राखिएको उनको जोवनमा बोली लगाउन गएको सोमबार सम्मको समय तोकिएकोमा कसैले पनि बोली लगाएन ।
स्टेभ सेवेल नामका ती पुरुषले इलेक्टि्रकल तथा इलेक्ट्रोनिक्स इन्जिनियररिङ विषयमा डिप्लोमा पास गरेका र मेकानिक्सको रुपमा काम समेत गरिसकेका छन् । उनले आफ्नो कामकाजी समयमा ट्वाइलेट पेपरको गुणस्तर जाँच्ने कामको अनुभव समेत लिए ।
22
एनले आफुलाई इन्टरनेट मार्फत लिलामीमा राख्दा आफ्नो परिचय खण्डमा आफुसँग उच्चस्तरको अन्तरव्यक्ति सीप, अद्धितिय धैर्य तथा हँसिमजाक गर्ने क्षमता रहेको उल्लेख गरेका थिए । उनले आफुले उमेरका कारण अहिले जागिर पाउन नसकेको दुखेसो समेत गर्दै आफुलाई किन्ने मानिसले आफुलाई भरपूर उपयोग गर्नसक्ने बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger