Widgets

Home » » ६९ वर्षमा सुत्केरी भएकी विश्वकै बुढी आमा भन्छिन्, छोरीको बिहे नगरी मर्दिन (फोटोफिचर सहित)

६९ वर्षमा सुत्केरी भएकी विश्वकै बुढी आमा भन्छिन्, छोरीको बिहे नगरी मर्दिन (फोटोफिचर सहित)

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पाँच वर्षअघि ६९ वर्षे उमेरमा राजोदेवी लोहानले छोरी पाएको खबरले विश्वभरी नै सनसनी फैलाएको थियो । बुढेसकालमा पहिलोपटक बच्चा जन्माएर राजोदेवी विश्वकी सबैभन्दा बुढी आमाको रुपमा किर्तिमान बनाउन सफल त भइन् तर उनले आफ्नो स्वास्थ्यलाई मात्र नभएर जन्मिने बच्चाको स्वास्थ्य समेत जोखिममा पारेको र उनीबाट जन्मिएकी बच्ची छिटै टुहुरी हुने भन्दै सबैले चासो व्यक्त गरे ।
1


टेष्टटयुब प्रविधिबाट बच्चा पाएकी राजोदेवीले सुत्केरी हुने बेलामा झण्डै ज्यान गुमाइनन् । तर छोरी पाएपछि भने राजोदेवी दिन दिनै फर्ुर्तिलो हुँदै गइन् । अहिले ७४ वर्षउमेर पुगेकी राजोदेवीका अनुसार छोरी पाउनाले उनी झनै स्वस्थ, बलियो बनेकी छिन् र धेरै वर्षम्म बाँच्ने उनको आशा छ ।
यी वृद्धा आमाको एउटै इच्छा छ आफ्नी छोरी नवीनको बिहे देख्ने । आफु छोरीको बिहे सम्म बाँच्ने उनको आशा छ ।
भारतको दर्ुगम हिसार गाउँकी बासिन्दा राजोदेवी श्रीमान बाल्लो र सौता उमीसँगै बसिन्छन् । छोरी नवीन आफुलाई इश्वरले दिएको उपहार भएको भन्दै उनले छोरीको बिहे नगरिदिँदा सम्म आफु नमर्ने दाबी गर्छिन् । छोरी नवीन १५ वर्षी भएपछि बिहे गरिदिने उनको योजना छ ।
2
बुढी आमाकी चुलबुले छोरी नविना आमालाई निकै माया गर्छिन् । बुवालाई भन्दा आमालाई बढि माया गर्ने उनी बताउँछिन् ।
उता नवीनकी सौतेनी आमा उमी पनि सौतेनी छोरीलाई कम माया गर्दिनन् । आफ्ना दिदी समेत रहेकी सौताको निधन भएपछि पनि आफुले छोरी नविनलाई आमाले जस्तै माया दिने उनी बताउँछिन् ।
3 4 Untitled-1 copy

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger