Widgets

Home » » हामी कुखुरा हैनौं, चीलवाला हौं : प्रचण्ड - बाबुरामले भने–पदत्याग समस्या होइन, समाधान हो

हामी कुखुरा हैनौं, चीलवाला हौं : प्रचण्ड - बाबुरामले भने–पदत्याग समस्या होइन, समाधान हो

Written By sangalo on Friday, July 19, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
४ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी कुखुराजस्तो नभएर चीलजस्तो भएको बताउनुभएको छ । ‘चीलले कुखुराजस्तो जमीनमा ओर्लेर खोस्रेको देखेपछि कुखुराहरुले यो पनि हामीजस्तै भएछ भन्ने ठान्छन्, तर हाम्रो पार्टी कहिलेकाँही कुखुराजस्तो देखिए पनि यो चीलवाला पार्टी हो ।’
ललितपुरको खन्ना गार्मेन्टमा शुक्रबार शुरु भएको विस्तारित बैठकको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष प्रचण्डले भन्नुभयो- ‘चीलले उडान भर्न थालेपछि कुखुराहरु कुखुरै रहन्छन् ।’
prachanda
उद्घाटन कार्यक्रममा २० मीनेट लामो आफ्नो भाषणमा प्रचण्डले पार्टीभित्रका समस्याहरु भन्दा बढी राजनीतिक विषयमा आफूलाई केन्दि्रत राख्नुभएको थियो । आगामी चुनावमा कुनै पार्टीले जित्ने वा हार्ने कुरा ठूलो नभएको भन्दै उहाँले जनताले जित्नुपर्ने बताउनुभयो । साथै १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दालने, मधेस आन्दोलन र सम्पूर्ण उ्त्पीडित जाति क्षेत्र र लिंगका जनताको भावना अनुसार परिवर्तनका एजेन्डालाई संविधानसभा मार्फत संविधान बनाएर संस्थागत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
विस्तारित बैठकपछि चुनावको कार्यक्रमका लागि गाउँ गाउँमा अभियान लिएर पुग्ने प्रचण्डले बताउनुभयो । ‘हाम्रो पार्टीले अभियान चलाउँदै आएको छ, तोकिएको समयमा चुनाव भएन भने यो चुनाबी अभियानलाई आन्दालनेमा परिणत गरिने छ ।’, प्रचण्डले भन्नुभयो । आफूले वैद्यलाई संविधानसभाको चुनावबाट भाग्ने माओवादीलाई कुनै नैतिक अधिकार नभएको बताएको प्रचण्डले भन्नुभयो । संविधानसभाको माग गर्नुअघिसम्म १७ सय मात्रै सहीद बनेको बताउँदै प्रचण्डले संविधानसभाकै लागि १७ हजार नेपालीले बलिदानी दिएको हुनाले माओवादीहरुले संविधानसभाबाट भाग्ने नैतिक अधिकार नभएको उहाँले जिकिर गर्नुभयो ।
हेटौडामा सम्पन्न महाधिवेशनलाई अन्तरिम महाधिवेशनको संज्ञा दिँदै उहाँले त्यसयता संगठनात्मक स्वरुपका विषयमा छलफल भएको उहाँले बताउनुभयो । विस्तारित बैठकको उद्घाटन कार्यक्रममा प्रचण्डले डा. बाबुराम भट्टराईको पदत्यागका विषयमा भने एक शब्द पनि उच्चारण गर्नुभएन ।
मेरो पदत्याग समस्या होइन, समाधान हो : डा भट्टराई
कार्यक्रममा उपाध्यक्ष डा. बाबुराम भट्टराईले उपाध्यक्षका तर्फबाट मन्तव्य राख्नुभएको थियो । सम्बोधनका लागि उहाँलाई कार्यक्रम सञ्चालक महसचिव पोष्टबहादुर बोगटीले ‘एकीकृत नेकपा माओवादीका उपाध्यक्ष’ भनेर बोलाउनुभएको थियो । कार्यक्रममा बोल्दै डा. भट्टराईले आफूले गरेको पद त्यागको घोषणा समस्या नभएर समाधान भएको दाबी गर्नुभयो ।
mao-mit-1
कार्यक्रममा पाँचमीनेट मात्रै छोटो सम्बोधन गर्नुभएका भट्टराईले आफूले गरेको पद त्यागले पार्टीमा समस्या सिर्जना गर्ने नभएर समाधान गर्ने दाबी गर्नुभयो । ‘विगतमा विरोधीहरुले माओवादीलाई समस्या भन्थे, यसैगरी मेरो पदत्यागको घोषणालाई पनि केहीले समस्याका रुपमा प्रचार गर्दैछन् । तर, यो समस्या नभएर समाधान हो ।
एमाओवादी नेता भट्टराईले बैरीहरुले माओवादी पार्टी सिद्धियोस् भनेर धूप हालेर बसेको भए पनि पार्टी झनै एकतावद्ध भएर अगाडि बढ्ने बताउनुभयो । ‘वर्ग बैरीहरु यो पार्टी कमजोर होस् भनेर धूप हालेर बसेको छ, जबसम्म जनताको मुक्तिको अभियान पूरा हुँदैन, तवसम्म यो पार्टी आफ्ना कमीकमजोरीहरु हटाउँदै अगाडि बढ्छ ।’- भट्टराईले भन्नुभयो ।
हामी ठूलो कांग्रेस र एमाले हुन चाँदैनौं : नारायणकाजी
विस्तारित बैठक उद्घाटन सत्रका पहिलो वक्ता एवं उपाध्यक्ष नारयणकाजी श्रेष्ठले संविधानसभाको चुनावलाईर् सुनिश्चित गरेपछि मात्रै कसले जित्ने भन्ने छलफल हुने बताउँदै हेटौडा महाधिवेशनको कार्यदिशाअनुसार अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘चुनाव कसरी जितिन्छ भनेर होइन, क्रन्तिकारी पार्टी बनाउन र जनताको संविधान निर्माण गर्न एकतावद्ध हुने प्रतिवद्धताका लागि यो विस्तारित बैठक आयोजना भएको हो ।’ श्रेष्ठले मन्तव्यका क्रममा भन्नुभयो, ‘पार्टीलाई प्रदुषण विकृति विसंगतिबाट पार्टीलाई मुक्त गरेनौं भने बुर्जवा पार्टीमा रुपान्तरण हुने खतरा छ । हामी ठूलो कांग्रेस र ठूलो एमाले हुन चाँदैनौं क्रान्तिकारी पार्टी बनाउन चाहन्छौं ।’
विस्तारित बैठकमा अध्यक्ष मात्रै राख्ने प्रस्ताव लगिने
शुक्रबारबाट शुरु भएको एकीकृत नेकपा माओवादीको विस्तारित बैठकमा अध्यक्ष पद मात्रै राखेर अन्य सबैलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव लैजाने भएको छ ।
विस्तारित बैठकअघि भर्खरै सकिएको माओवादी पदाधिकारी, पूर्व स्थायी समिति सदस्य र व्यूरो तथा राज्य समिति इन्चार्जहरुको बैठकमा अध्यक्ष मात्र राखेर जाने सहमति भएको स्रोतले बताएको छ । माओवादी नेताहरुले यसलाई असहमतिभित्रको सहमति भनेका छन् । सहमति अनुसार अब प्रचण्ड शक्तिशाली हुनेछन् भने उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश र महासचिव पोष्टबहादुर बोगटी पनि केन्द्रीय सदस्य मात्र रहनुहुने भएको छ ।
नेताहरुबीचको छलफल लम्बिएपछि बिहान ११ बजेबाट सुरु हुने भनिएको बैठक केही ढीलो सञ्चालन भएको हो । नेताहरुको कार्यविभाजनमा उत्पन्न विवादसँगै डाक्टर बाबुराम भट्टराईले उपत्यक्ष पदत्याग गरेपछि विवाद समाधानका लागि माओवादीले केन्द्रीय समिति बैठक स्थगित गरेर विस्तारित बैठक बोलाएको हो ।
विस्तारित बैठकले नेताहरुको चुनावी कार्यविभाजन गर्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । ३ दिनसम्म चल्ने विस्तारित बैठकमा केन्द्रीय सदस्य, सल्लाहकार र राज्य समिति इन्चार्जहरु गरी झण्डै साढे ४ सय सहभागी छन् । आधा घण्टा लामो उद्घाटन शत्र सकिएपछि बन्द शत्रमा अध्यक्षले प्रस्ताव प्रस्तुत गरेपछि छलफलका लागि गु्रप विभाजन गरिने र शनिबारसम्म समूहगत छलफल सक्ने कार्यक्रम छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger