Widgets

Home » » अर्थ मन्त्रालय र लेखापरीक्षकबीच वार्ता हुँदै

अर्थ मन्त्रालय र लेखापरीक्षकबीच वार्ता हुँदै

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१७ असार, काठमाडौं । एक व्यक्ति एक पेशाको प्रावधानको विरोधमा उत्रेका दर्तावाल लेखापरीक्षक र अर्थ मन्त्रालयबीच आज वार्ता हुँदैछ । चार्टर्ड एकाउन्टेन्ट्स नियमावलीले यही साउन १ देखि एक व्यक्ति एक पेशा लागू हुने व्यवस्था गरेको छ । उक्त व्यवस्था लागू नगर्न दर्तावाल लेखापरीक्षकको संगठन अडानले नियामक आइक्यानलाई दबाब दिंदै आएको छ । अडानले आन्दोलन चर्कापछि अर्थ मन्त्रालयले आइक्यान र आन्दोलनकारीलाई वार्तामा बोलाएको हो । आइक्यानले चार्टर्ड एकाउन्टेन्ट नरेन्द्र भट्टराईको संयोजकत्वमा आन्दोलनकारीको प्रतिनिधित्वसहित गठन गरेको कार्यदलले प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदन आइक्यान सञ्चालक समितिका सदस्यलाई वितरण गरिएको र यही मंगलबार बस्ने बैठकमा छलफल हुने बताइएको छ । लेखापरीक्षण व्यवसायलाई मर्यादित, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुरुप बनाउन एक व्यक्ति एक पेशाको प्रावधान राखिएको हो । अहिले अधिकांश दर्तावाल लेखापरीक्षक सरकारी कर्मचारी रहेका छन् । सरकारी सेवामा रहेर स्वतन्त्र लेखापरीक्षणको कार्य गर्न नपाउने भएपछि उनीहरु विरोधमा उत्रेका हुन् । लेखापरीक्षकको संख्या अपर्याप्त भएको हुनाले यस्तो प्रावधान १० वर्षपछि मात्र लागू गर्नुपर्ने उनीहरुको तर्क छ । हाल नेपालमा ६ सय ७० चार्टर्ड एकाउन्टेन्ट्स र ७ हजार २ सय ८२ दर्तावाल लेखापरीक्षक दर्ता छन् । त्यसमध्ये १ सय ५० सीए विदेश गएको अनुमान गरिएको छ । सीएले २०६७ सालमै एक व्यक्ति एक पेशाको प्रावधान स्वीकार गरिसकेका छन् । दर्तावाल लेखापरीक्षकको लागि ३ वर्षको समय दिएर उक्त व्यवस्था कार्यान्वयन गर्न खोजिएको हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger