Widgets

Home » » करिश्मासँग मेरो नितान्त व्यवसायिक सम्बन्ध छ : राजेश हमाल

करिश्मासँग मेरो नितान्त व्यवसायिक सम्बन्ध छ : राजेश हमाल

Written By sangalo on Monday, July 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको सम्बन्धका बिषयमा मिडियामा विभिन्न खालका चर्चा चल्ने गर्दछन् । पर्दाका चर्चित र सफल जोडीको रुपमा दहरिएका राजेश र करिश्मा व्यक्तिगत रुपमा कत्तीको नजिक होलान् त, धेरैले यो कुरा पनि सोच्ने गर्दछन् ।तर अनलाइनखबरसँगको बिशेष कुराकानीमा नायक हमालले दुइको सम्बन्धको बिषयमा राज खोलेका छन् । करिश्मासँग काम गर्दा गर्दै सहज भित्र पनि असहज हुन थालेको प्रसंग कोट्याउँदै हमालले आफूहरुको सम्बन्ध नितान्त व्यवसायिक रहेको बताए । उनले भने, ‘करिश्मा जीसँग मेरो व्यक्तिगत रुपमा खासै भेट हुदैन, हामी खासै घुलमिल छैनौ ।’ हमालले आफूलाई सबै नायिकाहरुसँग काम गर्न उत्तिकै सहज लाग्ने बताउँदै लामो समय देखि पर्दामा नजिक भएकाले पनि करिश्मा अझ विशेष रहेको खुलाएका छन् । उनले आफूले कुनै पनि नायिकासँग काम गर्दा असहज महशुश नगर्ने खुलाउँदै भने, ‘निरुता, विपना, जल शाह सबैसँग म नजिक थिए, तर करिश्मा जी निरन्तर यो क्षेत्रमा हुनुहुन्छ, यसैले पनि उहाँ अझ मेरो रोजाईको प्राथमिकतामा पर्नुहुन्छ ।’ यता नायिका करिश्मा मानन्धरले पनि नायक राजेश हमालसँग काम गर्दा आफूलाई सहज महशुश हुने बताएकी छिन् । सार्वजनिक कार्यक्रममा खासै नबोल्ने राजेश र करिश्मा एकअर्कालाई सम्मानको भावनाले हेर्ने गर्दछन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger