भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गायिका निकी मिनाजलाई डीजे खालिदले एमटीभीको एक कार्यक्रम मार्फत बिहेको प्रस्ताव गरेका छन् ।
एक भिडियो सन्देश मार्फत खालिदले कार्यक्रम प्रसारणको दौरानमा यस्तो प्रस्ताव गरेका हुन् । निकीले भने यसको जवाफ दिएकी छैनन् । डीजेले भिडियोमा भनेका छन्–निकी मिनाज म एमटीभीमा छु । पूर्णरुपले आत्मदेखि नै भन्छु कि म तिमीलाई माया गर्छु । म तिमीलाई आफ्नो बनाउन चाहान्छु के तिमी मसँग बिहे गर्न तयार छौ ? सोही सन्देशको साथमा उनले १० क्यारेटको हिराको औँठीसमेत प्रदर्शन गरेका थिए ।
यसअघि निकी डिजेको अल आई डु इज विन बोलको गीतमा देखिएकी थिइन् । तर कतिपयले भने यसलाई चर्चा बटुल्ने तरिका मात्रै भएको भन्दै आलोचना गरेका थिए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.