Widgets

Home » » यार्सागुम्बा संकलक मृत भेटिए

यार्सागुम्बा संकलक मृत भेटिए

Written By sangalo on Tuesday, July 30, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दार्चुला — दार्चुलामा एक यार्सागुम्बा संकलक मृत भेटिएका छन्। धारी गाविस ३ का ३३ वर्षीय देवसिँह कार्की मंगलवार मृत भेटिएका हुन्। यार्सा संकलन गरी घर फर्किदै गरेका कार्की सित्तोला गाविसको चाइमटेलामा मृत भेटिएका हुन्। उनी टाउको क्षतविक्षप्त अवस्थामा भेटिएको मृतकका काका प्रेमसिँह कार्कीले फोनमा बताए। गत वैशाख २० गते मृतक कार्की यार्सागुम्बा संकलन गर्न हिमाली भेग गएका थिए। साउन ६ गते घर फर्किन लागेको उनले घर परिवारकालाई खबर गरेका थिए। 'दुई दिन लाग्ने बाटोमा साता वित्दा पनि घर नपुग्दा खोजी गर्यौंई', मृतकका काका प्रेमसिँहले चाइमटेलाबाट टेलिफोनमा कुरा गर्दै भने, 'धेरै दिनको खोजविनपछि खोलामा मृत भेटायौं।' कार्कीको खोजी गर्न गाउँका २५-३० जनाको समुह यार्सा संकलन गरिने ठाउँतीर गएको थिए। मृतक कार्कीको साथमा आधा किलो भन्दा बढी यार्सागुम्बा रहेको उनका आफन्तजनले बताएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक गणेश बलमे घट्नाबारे अनुसन्धान थालेको बताए। 'मृतकसित को को व्यक्ति घर फर्किदै थिए भन्ने पत्ता लगाउँदै छौं', प्रहरी निरिक्षक बमले भने, 'केही दिनमै घट्नाको यथार्थता पत्ता लाग्छ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger