Widgets

Home » » साउदी अरेबियामा आममाफीको समय ४ महिना थपियो

साउदी अरेबियामा आममाफीको समय ४ महिना थपियो

Written By sangalo on Tuesday, July 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

saudi arab१८ असार,रियाद । अबैधानिक रुपमा साउदी अरबमा बसिरहेका बिदेशी कामदारलाई आममाफी दिने समय चार महिना बढेको छ । आममाफी प्रकृयामा सामेल हुन साउदी सरकारले दिएको समय यही बिहीवार अन्त्य हुन लागेको थियो ।
साउदी राजा अब्दुल्लाहले आममाफीको समय ४ महिना थप गरिदिएको साउदी समाचार एजेन्सीहरुले मंगलबार जनाएका छन् । म्याद थपसँगै साउदीको आन्तरिक मामिला तथा श्रम मन्त्रालयले अबैधानिकरुपमा साउदी अरबमा काम गरिरहेका बिदेशी कामदारलाई आममाफी प्रकृयामा सामेल हुन पुनः अपिल गरेको छ । नयाँ घोषणाअनुसार सन् २०१३ नोभेम्बर ४ तारिखसम्म अबैधानिक कामदारलाई आममाफी प्रकृयामा सहभागी हुने समय पाएका छन् ।
साउदी अरबमा करिव ७० हजार नेपाली अबैधानिकरुपमा काम गरिरहेको अनुमान गरिएको छ । त्यसमध्ये आधाजसो आममाफी प्रकृयामा सामेल भइसकेको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ ।  रोजगार स्रोत मुलुकहरुले आममाफीको अबधि कम भएको भन्दै बढाउन माग गरेपछि साउदी राजाले यस्तो घोषणा गरेको समाचारमा जनाइएको छ । साउदी सरकारले अबैधानिकरुपमा काम गरिरहेका बिदेशी नागरिकलाई स्वदेश फर्किने वा साउदीमै बैधानिकरुपमा काम गर्ने अवसर दिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger