भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, श्रावण १४ - प्रशासन सहित प्राविधिकको टोलीले ललितपुरको सुन्दरीघाटमा ४२५ कुखुरा नष्ट गरेको छ । संक्रमण भएको थाह पाएपछि भक्तपुरबाट लुकाएर सुन्दरीघाटको फार्ममा लगेका कुखुरालाई प्रशासन, प्रहरी सहित पुगेको पशु कार्यालयको टोलीले सुरक्षित रुपमा नष्ट गरेको हो । उजुरीका आधारमा स्थलगत छानविन गर्दा संक्रमित क्षेत्रबाट लुकाएर ओसारपसार गरेको भेटेपछि कुखुरा नष्ट गरिएको पशु सेवा कार्यालय ललितपुरका प्रमुख मोगलप्रसाद साहले बताए । 'फार्ममा राखिएका सबै कुखुरा नष्ट गरेर सुरक्षित रुपमा गाडेका छौं' साहले कान्तिपुरसित भने, 'वरपर पनि निरिक्षण गर्दा खतरा नदेखेपछि हामी फर्किएका छौं ।' छानविनका क्रममा भक्तपुरमा डिजे फार्म खोलेका व्यवसायी बलराम विसीले संक्रमिण कुखुरा अवैध रुपमा ओसारेको पुष्टि भएको छ । तर उनलाई प्रशासनले कुनै कारवाही शुरु गरेको छैन । अन्यत्रपनि अवैध ओसारपसार हुनसक्ने आशंकामा प्रहरीले चेकजाँच कडा गर्न मातहतका चौकीलाई निर्देशन दिएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.