Widgets

Home » » ‘मसिंर ४ को निर्वाचन धरापमा’ चार दलीय संयन्त्र खारेज गरिनुपर्छ

‘मसिंर ४ को निर्वाचन धरापमा’ चार दलीय संयन्त्र खारेज गरिनुपर्छ

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

kamal thapa

हेटौँडा, श्रावण १४ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले चार दलको सर्वसत्तावादी सोचाइ एवम् मन्त्रिपरिषद्का प्रभावहीन कार्यशैलीको कारणबाट आगामी मङ्सिर ४ गते हुने भनिएको निर्वाचन अहिले धरापमा परेको बताएका छन् । थापाले राप्रपा नेपाल हेटौँडा नगर समितिद्वारा आइतबार यहाँ आयोजित नगर स्तरीय भेलाको उद्घाटन गर्दै चार दलको संयन्त्र खारेज गरेर सरकारले वार्ताको वातावरण सिर्जना गर्नुपर्ने बताए । उनले तोकिएको मितिमा निर्वाचनलाई निश्चित गर्न सरकार अडिग हुनुपर्ने सुझाए । थापाले निर्वाचनलाई सहज वातावरणमा लैजानुको सट्टा चार राजनीतिक दलको नेतृत्वले धम्कीको भाषा प्रयोग गरेर नेकपा– माओवादीलाई दोष लगाएर आफैँले चुनाव बिथोल्न खोजेको आरोप पनि लगाए । उनले बहुदलीय प्रजातन्त्रको सुदृढीकरणको साथै राष्ट्रिय अखण्डताको रक्षा कवजलाई अक्षुण्ण राख्न राजासहितको प्रजातन्त्र राष्ट्रलाई अहिले खाँचो परेको बताए । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger