Widgets

Home » , » लन्डनमा नेपाली सुपरमार्केट

लन्डनमा नेपाली सुपरमार्केट

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
लन्डनमा नेपाली सुपरमार्केट
लन्डन - बेलायतको राजधानी लन्डनमा केही नेपालीले साझेदारीमा सुपरमार्केट सञ्चालन गरेका छन्। पोखराका लक्ष्यबहादुर गुरुङ प्रमुख सञ्चालक रहेको सुपरमार्केटमा अरु तीन नेपाली पनि साझेदार छन्। आठ वर्षअघि लन्डन आएका गुरुङको पहलपछि साउथ ह्यारोमा 'एभरेस्ट सुपरमार्केट' सञ्चालनमा आएको हो। १५ महिनादेखि चलिरहेको सुपरमार्केटले नेपाली ग्राहक लक्ष्य गरेको छ। यसमा १० नेपालीले रोजगारीसमेत पाएका छन्। 'साउथ ह्यारोमा रहेका नेपालीलाई लक्ष्य गरी एभरेस्ट सुपरमार्केट सञ्चालनमा ल्याएको हौं,' सुपरमार्केटका सञ्चालक गुरुङले भने, 'नेपालीको चहलपहल र सकारात्मक प्रतिक्रियाबाट हामी उत्साही छौं।' नेपालबाट ल्याउन मिल्ने सबै खाद्य सामग्री सुपर मार्केटमा उपलब्ध रहेको उनले बताए। लगभग कुनै पनि सामग्री नेपालबाट ल्याउन नछुटाउने उनको भनाइ छ। 'हामीले नेपालबाट ल्याउन नसकेको सुकुटीमात्र हो,' उनले भने, 'सुरुमा केही गाह्रो भएको थियो, तर अहिले व्यापार राम्रो भइरहेको छ।' साउथ ह्यारोमा बस्नेमात्र होइन, लन्डनका विभिन्न ठाउँमा बसोबार गरिरहेका नेपाली खोजी–खोजी एभरेस्ट सुपरमार्केट नै धाउन गरेको गुरुङले खुसी हुँदै बताए। 'गुन्द्रुक, मस्यौरा, टिमुर, गहत, भटमास, दाल, सानो केराउ, जिम्मु, मकैको पिठो, कोदो, कोदोको पिठो, फापरको पिठो, वाइवाई, रारा, मायोज चाउचाउ, मस्याङ, राजमा गायत नेपालमा पाइने र उत्पादन हुने सबै खाद्य सामग्री बेचिरहेका छौं, उनले भने। गुरुङका अनुसार नेपालबाट खाद्य सामग्री लन्डन आइपुग्न ५० दिनसम्म लाग्ने गर्छ। यसरी सामान ल्याउने दुईवटा बाटा छन्। एउटा, काठमाडौंबाट भारत हुँदै सिंगापुरबाट पानी जहाजमा बेलायत ल्याउने। यसरी ल्याउँदा सामान बेलायत आइपुग्न बढीमा ४० दिन लाग्छ। अर्को बाटो भारतबाट दक्षिण अमेरिकी राष्ट्र इक्वेडर हुँदै बेलायत आइपुग्छ। यो बाटोबाट सामान आइपुग्न ५० दिनजति लाग्छ। 'नेपालबाट चामल भने ल्याउन सकेका छैनौं,' उनले भने, 'उताबाट चामल ल्याउँदा झन् महँगो पर्ने भएकोले नल्याएका हौं। हामीले बेच्ने मासु भने स्थानीय नै हो।' गुरुङका अनुसार हाल नेपाली खाद्य सामग्रीको माग निकै राम्रो छ। नेपालीबाहेकका समुदायले पनि नेपाली खाद्य सामग्री एभरेस्ट सुपरमार्केटबाटै खरिद गर्न थालेका छन्। उनीहरुको माग पूरा गर्न सकिएको छैन। 'खासगरी भारतीय र पाकिस्तानीले खोलेका सुपरमार्केट नेपाली खाद्य सामाग्री खोज्दै हामीकहाँ आउँछन्,' उनले भने, 'उनीहरुले मागे जति चाहिँ दिन सकेका छैनौं।' यहाँ नेपाली खाद्य सामाग्री गैरनेपाली समुदायमा पनि लोकप्रिय हुँदै गएको छ। अन्य सुपरमार्केटलाई पनि एभरेस्टले नै नेपाली खाद्य सामाग्री उपलब्ध गराउँदै आएको छ। खासगरी नेपालबाट सामान ल्याई बेच्न तीन थरी समस्या भोग्नु परेको गुरुङको अनुभव छ। पहिलो समस्या, अन्तर्राष्ट्रिय 'बार कोड' को अभाव। नेपाली खाद्य सामग्रीमा बार कोड हुँदैन। बारकोडले सामग्री उत्पादन भएको देश, सामग्रीको वर्ग, मूल्यलगायत जानकारी दिने गर्छ। तर, नेपालमा यो प्रणाली नभएका कारण सामग्री बेच्न केही असहज भएको उनको गुनासो छ। दोस्रो समस्या गुणस्तरको हो। खाद्य सामग्री राम्रोसँग प्रशोधन गर्ने प्रणाली नेपालमा छैन। 'कहिलेकाहीँ चिउरामा ढुंगा भेटिएको गुनासो उपभोक्ताबाट आउने गरेको छ,' गुरुङले भने, 'नेपाली खाद्य सामग्रीमा यस्ता थुप्रै समस्या छन्।' तेस्रो समस्या भनेको नेपाली उत्पादनमा एकरुपता तथा निरन्तरता नहुनु हो। यही समस्याका कारण एउटै सामान उपभोक्तालाई सधैं उपलब्ध गराउन नसकिएको उनले बताए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger