भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
जनकपुर- चार दिनअघि महोत्तरीबाट अपहरणमा परेका माछा व्यापारीको हत्या भएको पुष्टि भएको छ। गत शुक्रबार पोखरभिण्डा बजारबाट माछा बेचेर घर फर्किरहेका सरपल्लो–७ निवासी २४ वर्षीय विक्रम सहनीको दुई दिन अगावै हत्या गरिइसकेको प्रहरीले जनाएको छ।
गत शुक्रबार साँझ माछा बेचेर घर फर्किरहेको बेला सहनीलाई महोत्तरीको सहसौला–६ स्थित सडकबाटै अज्ञात समूहले अपहरण गरेको थियो। उनी अपहरणमा परेकै रातिदेखि अपहरणकारीले परिवारसित फिरौती माग गर्न थालेपछि अपहरण भएको सूचना प्रहरीमा पुगेको थियो। यता सोमबार बिहानसम्म अपहरित सहनीको उद्वारमा लागिरहेको बताउने प्रहरीले दिउँसो भने दुई दिन अगावै उनको हत्या भइसकेको जनाएको छ।
शुक्रबारै चार–पाँच जनाको संख्यामा आएको हतियारधारी समूहले विक्रमलाई अपहरण गरेको उजुरी दिएर खोजीको लागि आग्रह गर्दागर्दै पनि प्रहरीले बचाउन नसकेकोमा परिवारजन दुःखी भएका छन्।
विक्रमको अपहरण भएकै दिन यहाँ सरुवा भएर आएका जिल्ला प्रहरी प्रमुख एसपी रामप्रसाद थपलियाले घटनाको सुक्ष्म अनुसन्धानमा लागिरहेको बताए। आफू जिल्लामा हाजिर भएकै दिन भएको घटनाबारे सत्यतथ्य पत्ता लगाएर अपराधीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आफ्नो लागि ठूलो चुनौति भएको श्रेष्ठले बताए।
उनले दिनभर घामपानीमा खटेर परिवार पाल्ने व्यक्तिलाई अपहरण गरी हत्या गर्ने प्रवृति नितान्त अपराधिक भएको अनुमान गरे। ‘यो घटना जनतालाई तर्साउनकै लागि निहत्थामाथि आक्रमण गरिएको जस्तो देखिन्छ,’ श्रेष्ठले नागरिकसँग भने, ‘तर, पछिल्लो समय महोत्तरीमा एकपछि अर्को अपराधिक घटना दोहोर्यासउने गिरोह नियन्त्रण गर्न प्रभावकारी योजना बनिसकेको छ।’
महोत्तरीमा एक महिनायता लगातार आधा दर्जन अपराधिक घटना घटिसकेको छ। असार पाँच र छ गते लगातार मनरा गाउँमा चार जनामाथि गोली प्रहार भएको थियो। त्यसपछि केही दिनसम्म शान्तजस्तो देखिए पनि चार दिन अगाडि सदरमुकाममा जिल्ला प्रशासन कार्यालयकै छेउमा रहेको मधे;L जनअधिकार फोरम नेपालको पार्टी कार्यालयमा गोली चलेको थियो। उक्त घटनामा पार्टीका कार्यालय सचिव घाइते भएका छन्। सोही दिन अपहरणमा परेका विक्रम सहनीको दुई दिन पछाडl हत्या गरिएको छ। प्रहरीले भने अहिलेसम्म एउटै घटनामा संलग्न अपराधीलाई पक्राउ गर्न सकेको छैन।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.