Widgets

Home » » किशोरी बेच्न खोज्ने पक्राउ

किशोरी बेच्न खोज्ने पक्राउ

Written By sangalo on Monday, July 29, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चौतारा, श्रावण १४ - दुई किशोरीलाई बेच्न खोजेको अभियोगमा दुई महिला पक्राउ परेका छन् । बाह्रबिसे ४ की सुनिता विकलाई ललितपुर मंगलबजारस्थित आफ्नै कोठाबाट शनिबार पक्राउ गरिएको छ । उनकी सहयोगी पांग्रेटार ८ की शान्ता विक (रिजाल) लाई भने काभ्रे प्रहरीले असार २८ गते नियन्त्रणमा लिएको थियो । नियमित जाँचका क्रममा सोधपुछ गर्दा उनको शंकास्पद व्यवहार देखिएपछि अनुसन्धानका लागि किशोरी र शान्तालाई सिन्धुपाल्चोक प्रहरीलाई बुझाएको थियो । प्रहरी सहायक निरीक्षक विष्णु चौलागाईं नेतृत्वमा सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले सुनितालाई कोठैबाट साँझ पक्राउ गरेको हो । प्रहरी निरीक्षक नवराज खड्काका अनुसार १५-१६ वर्षका चौतारा क र ख -प्रहरीले राखेको नाम) लाई राजधानी लैजाने क्रममा शान्तालाई पक्राउ गरिएको थियो । उनकै बयानका आधारमा सुनिता पक्राउ परेकी हुन् । ती किशोरीलाई भने पुनस्र्थापना केन्द्र चौतारामा राखिएको छ । शान्तालाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारीअनुसार पांग्रेटार माइती भएकी दिदी नाता पर्ने सुनिताले केटी खोजेर ल्याएमा पैसा दिने आश्वासन दिएकी थिइन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger