भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
दोहा, श्रावण १४ - इराकमा कानुनी हैसियतमा कामदार पठाउन र दूतावास खोल्न इराकी अधिकारीहरूले नेपाल सरकारसमक्ष दरिलो रूपमा कूटनीतिक पहल थालनी गरेका छन् । अहिले इराकले नेपाली कामदारका लागि भिसा पनि सहज रूपमा दिन थालेको छ । हालै कुबेतमा भ्रमणमा आएका इराकी टोलीले कुबेतस्थित नेपाली राजदूत मधुवन पौडेलसमक्ष पनि यस विषयलाई दरिलो रूपमा उठाएको थियो । यसअघि कुबेतस्थित इराकी दूतावासले पौडेलसमक्ष पटक-पटक यो विषयमा कूटतीतिक पहल गर्दै आएको थियो । 'हालै कुबेत भ्रमणमा आएका इराकी अधिकारीहरूले भेटी नेपालको दूतावास इराकमा खोली काम गर्नुपर्ने विषय उठाएका छन्,' राजदूत पौडेलले कान्तिपुरलाई भने, 'नेपाल सरकार इराकमा दूतावासमा खोल्ने विषयमा सकारात्मक रहेको बताए ।' इराकमा आतंककारी समूहबाट १२ जना नेपाली कामदार मारिएपछि निकै जोखिमपूर्ण रूपमा हेरिँदै आएको छ । 'यहाँ भएको परिवर्तनलाई कसैले अनुमान पनि गरेको छैन । सधैं विगतमा भएको एउटा दुःखद घटनालाई आधार मानेर जोखिम मान्दै आएर यहाँको अवसरलाई लुकाउने काम भयो,' इराकको कुर्गिस्तानमा व्यवसाय गदर्ैै आएका धु्रव कँुवरले भने, 'यहाँको छुट्टै कुर्गिस्तानमा एकदमै सुरक्षित छ । जहाँ नेपालीको उल्लेख माग छ । कूटनीटिक रूपमा दूतावास स्थापना भए नेपालीलाई धेरै राहत पुग्ने थियो ।' सरकारले जोखिम भन्दै कामदार पठाउन प्रतिबन्ध लगाएको अवस्था भए पनि ४० हजार जनासम्म नेपाली पुगेको तथ्यांक बाहिर आएको थियो । तर अहिले धेरै घटेको कुँवरको अनुमान छ । उनका अनुसार घरेलु कामदार भने बढिरहेका छन् । गैरआवासीय नेपाली संघ इराकले बदलिँदो परिवेशमा नेपाली कामदार पठाउन र दूतावास स्थापना गर्न आवाज उठाउँदै आएको छ । यसबारे सरकारले इराकको अवस्था बुझ्न गत चैततिर नै अध्ययन भ्रमण पठाउने भनेर तयारी गरेको थियो । तर अध्ययन टोली गएको छैन । कुबेतमा नेपाली दूतावास भए पनि सरकारले इराकको जिम्मेवारी पाकिस्तानस्थित नेपाली दूतावासलाई जिम्मेवारी दिँदै आएको छ । दूतावासको अभावमा शव नेपाल पठाउनेदेखि उद्धार प्रक्रियामा निकै जटिल बनेको छ । बेला-बेला शव पठाउन दूतावासको अनुमति लिन शवसहित कुबेत पुग्ने गरेको छ । 'हामीलाई नो अब्जेकसन सर्टिफिकेट दिने अख्तियारी हुँदैन,' राजदूत पौडेलले भने, 'तैपनि अवस्था हेरिदिनुपर्ने बाध्यता छ ।' अधिकारीहरूका अनुसार इराकमा संस्थागत रूपमा कामदार पठाउने परिपाटी नहुँदा मानव तस्कर बढेको हो । 'खाडीमा जसरी महिला कामदार आउन रोक लगाउँदा दुई लाखको हारहारीमा पुग्यो,' एक कूटनीतिक अधिकारीले भने, 'इराकमा अनुमति नहुँदा कामदारहरू झन् मानव तस्करको सिकारमा पर्दै आइरहेका छन् ।' त्यसरी मानव तस्करको रूपमा अमेरिकी, बि्रटि्रस कम्पनीहरूले कामदारलाई लिँदै आएको छ । इराक, अफगानिस्तानजस्ता मुलुकमा कामदार चार्टर्ड गरेर लैजाने गरेको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.