Widgets

Home » » सुपरम्यान प्लेन अमेरिकी आकाशमा

सुपरम्यान प्लेन अमेरिकी आकाशमा

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


यो चरा होइन, न त सुपरम्यान नै हो यद्यपि यसको बनावटचाहिं सुपरम्यानकै जस्तो छ। हामीले चलचित्रमा देख्दै आएको सुपरहिरो आकारको प्लेन केही दिन पहिले अमेरिकी आकाशमा उड्यो। रेडियो कन्ट्रोल्ड सुपरम्यान प्लेनलाई अमेरिकाको क्यालिफोर्नियाको आकाशमा उडाइयो। प्रोपेलर र केपका आधारमा उडान भर्न सक्ने यो प्लेन आकाशमा उड्दा धेरै जना रमाए। यसलाई ओट्टो डाइफेनब्याचले डिजाइन गरेका हुन्। डिजाइनर ओट्टो डाइफेनब्याच पुर्व एयरफोर्स टेस्ट पाइलट हुन् र उनले लाइफ साइज क्यारेक्टर प्लेन बनाउने कार्यमै आफ्नो जिन्दगी बिताएका छन्। उनले यो प्लेनको नाम फ्लाइगाई राखेका छन्। ओटटोकै अर्को प्लेन पनि निर्माणको क्रममा छ र त्यसको नाम म्यान अफ स्टिल राखिनेछ। सन् ६० को दशकमा मानव आकारका बाल्सा ग्लाइडर देखेर मानव आकारका प्लेन बनाउने सपना देखेको र उक्त सपना हाल आएर साकार भएको ओट्टोले बताएका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger