Widgets

Home » » फेसबुक सफा गर्ने फेसवास

फेसबुक सफा गर्ने फेसवास

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


के तपाईंको फेसबुकमा नचाहिने खालका, अश्लील लाग्ने धेरै सामग्री पोस्ट भएका छन् वा सेयर भएका छन् जसलाई हटाउन चाहनुहुन्छ। त्यसो हो भने चिन्ता नलिनुस्, फेसवास नामक एप्लिकेसन आइसकेको छ जसले तपाईंको फेसबुक प्रोफाइललाई सफा गरिदिनेछ। फेसवासले तपाईंको फेसबुक वालमा पोस्ट भएका कमेन्ट, स्टाटस अपडेट, तपाईंले ट्याग गरेका वा तपाईंलाई ट्याग गरिएका, पोस्ट गरिएका तस्बिरका कमेन्ट, सेयर गरेका लिंक तथा लाइक गर्ने लिंकहरूमा गएर खोजतलास गर्नेछ। उक्त एप्सले यसरी खोजतलास गर्दा फेला परेका अश्लील शब्द तथा आपित्तजनक वा अश्लील खालका तस्बिरहरू स्क्यान गरेर हटाइदिनेछ। त्यस्तै आफैले कुनै खास शब्द आफ्नो फेसबुक प्रोफाइलबाट हटाउन चाहने हो भने पनि त्यसको जिम्मा फेसवासलाई दिन सकिन्छ। यो प्रविधि अमेरिकाको केन्ट विश्वविद्यालयका तीन जना विद्यार्थीले विकसित गरेका हुन्। कम्प्युटर साइन्सका विद्यार्थीहरू क्यामडेन, ड्यानियल तथा डेभिड यो एप्स खासगरी युवापुस्ताका लागि निकै उपयोगी हुने दाबी गर्छन्। तपाईंको फेसबुकमा सेयर भएका, ट्याग भएका वा पोस्ट भएका आपित्तजनक सामाग्रीहरू आफ्ना अभिभावक, मान्यजन तथा हाकिमले नदेखून् भन्नेहरूका लागि पनि यो टुल्स उपयोगी हुने उनीहरूको दाबी छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger