भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, असार २१ - नेपाली सेनामा समायोजना गरिएका पूर्व माओवादी लडाकुहरुको तालिक सकिएको छ । बिभिन्न ८ तालिम केन्द्रमा प्रशिक्षित उनीहरुले आज अन्तिम दलेल कवाज गरे । एज एकहजार तीनसय ५२ जनाको तालिम सकिएको नेपाली सेनाले जनाएको छ । सेना समायोजन बिशेष समितिले सिफारीश गरेअनुसार ७१ पूर्व लडाकुले अधिकृत स्तरको तालिक लिइरहेका छन् । तालिमका क्रममा २१ पूर्व लडाकुहरु बाहिरिएका थिए । सैनिक प्रतिष्ठानमा जारी अधिकृत स्तरको तालिम भने सकिएको छैन् । सैन्य तालिम केन्द्र त्रिशुलीमा भएको अन्तिम दलेल कवाजको उपरथी भिक्टर जबराले निरीक्षण गरेका थिए । समायोजन तालिम पूरा गरेका मध्ये सिपाही दर्जा निर्धारण भएकाहरुले सम्बन्धित युनिटमा हाजिर हुन जाने नेपाली सेनाले जनाएको छ । हाजिर भएको तीन महिनापछि दर्जा अनुसारको तालिम दिएर कार्यक्षेत्रमा खटाइने सेनाले जनाएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.