Widgets

Home » » एयर होस्टेजले मन्त्रीसँग भने, 'अब त अति भयो'

एयर होस्टेजले मन्त्रीसँग भने, 'अब त अति भयो'

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Air hostess

विमान परिचारिकाहरू भेदभाव गर्न खोजेको भन्दै विरोधमा उत्रिएपछि नेपाल वायुसेवा निगमले प्रस्ताव गरेको विमान चालक र परिचारिकाको भत्ता वृद्धिको निर्णय विवादमा परेको छ । विमान परिचारिकाहरू संगठित भई भत्ता वृद्धिमा विभेद भएको भन्दै विरोधमा उत्रिएका छन् । परिचारिकाको समूहले पर्यटनमन्त्री रामकुमार श्रेष्ठलाई भेटेर भत्ता वृद्धिको अनुपातमा पुनर्विचार गर्न भनिसकेका छन् । तिनले महिला आयोगमा समेत गुनासो गरेका छन् । निगममै विवाद भएपछि सहमतिका लागि अर्थमा पुगेको फाइलमा कारबाही भएको छैन । 'पर्यटनबाटै निर्णयमा विवाद भएको कुरा आएको छ,' अर्थसम्बद्ध स्रोतले भन्यो । निगम सञ्चालक समितिको जेठ २२ गतेको बैठकले विमान चालकको उडान भत्ता प्रतिउडान घन्टा १ हजार ५ सय ४० रुपैयाँ वृद्धि गर्दा विमान परिचारिकाको २१ रुपैयाँ मात्र वृद्धि गर्ने निर्णय गरेको थियो । 'पाइलटको जत्तिकै वृद्धि हुनुपर्छ भन्ने हाम्रो माग होइन,' एक वरिष्ठ परिचारिकाले भनिन्, 'तर वृद्धिको अनुपात त न्यायोचित हुनुपर्‍यो नि ।' यसअघि पनि विभेद हुँदा चुपचाप बसे पनि यसपटक सहन नसकेको ती परिचारिकाले बताइन् । 'अति नै भइसक्यो, अब पनि सुनुवाइ नभए आन्दोलनमा उत्रन्छौं,' अर्की परिचारिकाले भनिन् । निगमले प्रत्येकपटक भत्ता वृद्धि गर्दा विमान चालक र परिचारिकाको भत्ताको अन्तर बढ्दै गएको छ । २०५२ सालमा विमान चालकको भत्ता प्रतिउडान घन्टा २ सय ५० हुँदा परिचारिकाले ५० रुपैयाँ पाउँथे । २०६० सालमा विमान चालकको २ हजार ४ सय ६० पुर्‍याउँदा परिचारिकाको भत्ता वृद्धि गर्न आवश्यक ठानिएन । अहिले विमान चालकको भत्ता प्रतिउडान घन्टा ४ हजार पुर्‍याउने प्रस्ताव गर्दा परिचारिकाले १ सय २० रुपैयाँको हाराहारीमा पाउने छन् । '१८ वर्षअघि चालक र परिचारिकाबीच भत्ताको अन्तर ५ गुणा थियो,' परिचारिकाले भनिन्, '७ गुणा, २४ गुणा हुँदै पछिल्लो निर्णय कार्यान्वयन भए अन्तर झन्डै ४० गुणा पुग्छ ।' निगमका महाप्रबन्धक मदन खरेलले कामको लोड र आवश्यकताअनुसार भत्ता वृद्धि गरिएको दाबी गरे । 'पहिले के भयो मलाई थाहा छैन,' उनले भने, 'अहिले परिचारिकाको हकमा पनि सक्ने जति बढाउने प्रयास भएको हो ।' परिचारिकाको मागलाई गम्भीरतापूर्वक लिइएको बताउँदै सम्बोधन हुँदै जाने उनले बताए । यस्तै निगमले २५ वर्षपछि विदेशमा खाना भत्ता वृद्धि गर्ने निर्णय गर्दा पनि अन्याय गरेको परिचारिकाको आरोप छ । निगमले २५ वर्षदेखि दिएको सुविधाअनुसार चालकले प्रतिदिन ४५ अमेरिकी डलर र परिचारिकाले ३८ अमेरिकी डलर पाइरहेका छन् । सञ्चालक समितिले चालकको ९० डलर र परिचारिकाको ४५ डलर पुर्‍याउने निर्णय गरेको छ । चालकको खानाभत्ता ४५ डलर बढाइँदा परिचारिकको ७ डलर बढाइएको छ । 'विदेशमा चालक र परिचारिकाले खाने ठाउँ एउटै हो,' परिचारिकाले भनिन्, 'तर निगमले चालकको खाना भत्ता उल्लेख्य वृद्धि हुँदा परिचारिकको वृद्धि गर्न आवश्यक ठानेन ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger