Widgets

Home » » पेप्सीमा क्यान्सर लाग्ने तत्व

पेप्सीमा क्यान्सर लाग्ने तत्व

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२१ असार, काठमाण्डौं । विभिन्न खाद्यवस्तुमा अखाद्यवस्तु मिसिएको सार्वजनिक भइरहेका बेला धेरैले पिउन रुचाएको कोल्ड डिंक पेप्सीमा पनि अखाद्य पदार्थ रहेको फेला परेको छ । पेप्सीमा क्यान्सर पैदा गर्ने तत्व मापदण्डभन्दा बढी पाइएको हो ।
pepsiवातावरण वाचडग द सेन्टर फर इनभाइरमेन्टल हेल्थले पेप्सी रंगाउन उपयोग गरिने रसायनमा अझै तोकिएभन्दा बढी कार्सिनोजेन अर्थात क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको खुलासा गरेको छ ।
पेप्सी उत्पादन कम्पनी इनकरपोरेसन तथा कोकाकोला कम्पनीले आफ्नो उत्पादनकोमा सुधार गर्ने बताएपनि अझै सुधार नगरेको पाइएको छ । पेप्सीमा रंगाउने रसायन फोरमिथाइललिमिडाजोल वा फोर मेल उपयोग गरिएको छ । यो रसायन अधिकांश तयारी खाद्य पदार्थमा उपयोग गरिएको हुन्छ । उक्त कम्पनीले सन् २०१४ फेवु्रअरी सम्ममा अमेरिकामा वितरण गर्ने पेप्सीको उत्पादन प्रक्रिया नै बदल्ने जनाएको छ भने अन्य देशहरुमा पनि उत्पादन प्रक्रिया बदल्ने दाबी गरेपनि फोरमेलको मात्रा घटाउने मिति चाँही घोषणा गरेको छैन् ।
द अमेरिकन बेभरेज एसोसिएसनले पेय रंगाउने रसायनबाट मानबमा क्यान्सर हुने नहुनेबारे परीक्षण गरेको थियो । मुसामा गरिएको प्रयोगका आधारमा उक्त रसायनलाई क्यान्सरजन्य पदार्थको सूचीमा राखिएको एसोसिएसनले जनाएको छ ।
अमेरिकाको खाद्य पदार्थ अनुगमन गर्ने सरकारी निकाय द फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले समेत मुसामा जस्तै मानिसहरुलाई क्यान्सर हुन एक जनाले एकहजार क्यानभन्दा बढी पेय पिउनुपर्ने जनाएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger