भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउडका अविवाहित नायक सलमान खान यतिबेला रुमानियाकी टेलिभिजन स्टार लूलियासँग रोमान्स गरिरहेका छन् । सलमान र लूलियालाई केही समय अघि मात्र हैदाराबाद एयरपोर्टमा देखिएको थियो । लूलिया यतिबेला सलमानकै घरमा रहेको पनि बताइएको छ ।
तर सलमानले रोमान्स गरिरहेकी रुमानियाकी लूलिया पहिले नै विवाहित रहेको खबरले यतिबेला बलिउड बजार तताएको छ । लूलिया विवाहित रहेको बिषयमा सलमानलाई पनि जानकारी भएको भारतिय संचारमाध्यमले जनाएका छन् ।
रुमानियाकै चर्चित संगीतकार मैरियस मोगा र लूलियाको विवाह भैसकेको भारतिय मिडियाहरुले जनाएका छन् । यि दुई बारम्बार डेटमा रमाउने गरेका थिए । लूलिया र मैरियसले एकसाथ रुमानियाको एक टेलिभिजनमा रियालिटी शो संचालन गरेपछि यि दुइको निकटता बढेको थियो ।
आफूहरु बिच निक्कै धेरै समाचार बाहिर आएपछि मैरियस र लूलियाले फेसबुक मार्फत आफूहरु विवाहित भएको जानकारी दिएका थिए । मैरियस मोगा ले फेसबुकको रीलेशनसिप स्टाटसमा ‘म्यारिड टू लूलिया वेचर’ लेखेका थिए । उनले सन् २०१२ को अगष्ट ७ मा यो स्टाटस पोष्ट गरेका थिए । तर यतिबेला दुबै जना यस बिषयमा केही बोलेका छैनन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.