भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
रामचन्द्र नेपाल
अवैधानिक अवस्थामा रहेका कारण उनी कुन कम्पनीमा कार्यरत रहेका थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन । उनको उपचारमा लागेको खर्च र शवलाई नेपाल पठाउनको लागि आरएम ११ हजार (करीव तीन लाख ३० हजार) खर्च हुने भएपनि उक्त सहयोग रकम जुट्न नसक्दा शव नेपाल पठाउन नसकिएको हो । मलेसियामा रहेको सल्यानी सेवा समाज साथीहरु तथा अन्य नेपाली श्रमिकहरुवाट संकलित रकम ३५ सय रिगेट उठेपनि वाँकी रकम कसरी जम्मा गर्ने हो भन्ने वारेमा समस्या परिरहेको सल्यानकै भुपेन्द्र वोहोराले वताए ।
नेपालमा खड्काको परिवारको आर्थिकस्थिति कमजोर भएकाले शव झिकाई पाउ भनि निजको भाईले नेपालमा रहेको वैदेशिक प्रवर्द्धन वोर्ड, गृह मन्त्रालय र मन्त्रि परिषदका अध्यक्ष समेतलाई निवेदन दिएको भएपनि कतैवाट पनि सुनुवाई हुन सकेको छैन । क्वालालम्पुरमा रहेको नेपाली दूतावासले पनि अस्पतालमा लागेको रकम मिनाहा गरिदिनको लागि अस्पताललाई पत्र पठाएको भएपनि त्यसको कुनै जानकारी नआएको दूतावास श्रोतले दिएको छ । मृतककी श्रीमतीले शवलाई नेपाल पठाईदिनका लागि सहयोग गरिदिन सवैमा अनुरोध गरेकी छिन् । मृतक विष्णु ३७ महिना अगाडि मलेसिया आएको वुझिएको छ । मृतक विष्णुका २ छोरा र १ छोरी छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.