भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मीनप्रकाश उप्रेती
२१ असार, सउल । कोरियन सरकारले मजदुरहरुको न्युनतम ज्यालामा बृद्धि गरेको छ । साना तथा मझैाला उध्योगमा कार्यरत मजदुरहरुका लागि लागु हुने गरि कोरियाले न्यूनतम ज्याला बृद्धि गरेको हो । मजदूरके न्युनतम ज्याला निर्धारण समितिले प्रति घण्टा न्युनतम ज्यालामा ३ सय ५० वनले बृद्धि गरेको जनाएको छ । सरकारले विगतका वर्षमा गर्दै आएको ज्याला बृद्धिलाई नै यस पटक पनि निरन्तरता दिएको हो ।
मजदुर पक्षको प्रतिनिधित्व कोरियन प्रजातान्त्रिक मजदुर महासंघ (केसिटियु)ले गर्दै आएको छ । हाल तोकिएको न्युनतम ज्जाला निर्धारणमा पटक पटकको बैठकमा केसिटियुले असहमति जनाउँदै आएको थियो । अन्तिम बैठकमा केसिटियुका प्रतिनिधिहरु असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिए पछि निर्णय हुन ढिला भएको थियो । बृद्धि गरिएको ज्यालाले जिवन धान्न कठिन हुने भन्दै केसिटियुले यसमा बिरोध जनाएको छ । सो संगठनले २०१४ का लागि बृद्धि हुने मजदुरहरुको न्युनतम ज्याला प्रतिघण्टा ५ हजार ९ सय १० वन हुनुपर्ने माग राख्दै आएको थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.