Widgets

Home » » श्रीमतीको शवलाई १० वर्षम्म अँगालो मार्ने यी हुन् कलियुगका महादेव (फोटोफिचर सहित)

श्रीमतीको शवलाई १० वर्षम्म अँगालो मार्ने यी हुन् कलियुगका महादेव (फोटोफिचर सहित)

Written By sangalo on Friday, July 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
स्वस्थानी व्रतकथामा महादेवले सतीदेवीको शवलाई काँधमा बोकेर संसार घुम्न हिँडेको कथा आउँछ । यो कथा सुन्दा पत्याउन गाह्रो पर्छ, किनकी चाहे जतिसुकै प्रिय मान्छे नै किन नहोस् मरेपछि उसको अन्त्यष्टि गर्नु निर्विकल्प बाटो हो, न की उसको शवलाई बोकेर वा सजाएर राख्नु । तर महादेव र सतीदेवीको त्यो अनौठो कथानकलाई सम्झाउने गरी एक व्यक्तिले आफ्नी श्रीमतीको शवलाई दश वर्षेखि आफ्नै साथमा राखेका छन् र रातमा सुत्दा श्रीमतीको शवलाई अँगालो मारेर सुत्ने गरेका छन् ।
1
आफ्नी श्रीमतीको शवलाई यसरी वर्षौँसम्म पनि सँगै राखेर, अँगालो मारेर प्रेमको अनौठो उदाहरण दिने व्यक्ति भियतनामका ले वेन हुन् । कुआंगा नेम प्रान्तका ती ५५ वर्षा पुरुषले आफ्नी श्रीमतीको शवलाई माटोले पोतेर माटाको गुडियाजस्तै बनाएका छन् र पलङमा सुताएका छन् ।
2
ती पुरुष मात्र होइन उनका छोराले पनि आफ्नी मृत आमाको शवलाई हरेक रात सुत्न जानुभन्दा पहिले अंकमाल गर्छन् । ती महिलाको मृत्यु सन् २००३ मा भएको थियो । श्रीमतीको मृत्युपछि ती पुरुषले आफ्नी श्रीमतीको शवलाई परम्परा अनुरुप नै चिहानमा गाडे । तर उनलाई श्रीमतीको यादले यति धेरै सतायो की केही समयपछि उनले श्रीमतीलाई गाडेको चिहान खोतले र श्रीमतीको कुहिएर बचेको अस्थिपञ्जर सहितको शवलाई बोकेर घर ल्याए । घर ल्याएपछि त्यसमा माटोले लपेटे अनी मान्छेको मर्ूर्ति जस्ता आकारमा ढाले ।
4
ती व्यक्तिले आफु एक सामान्य व्यक्ति रहेको र श्रीमतीको शवसँग सुत्दा कुनै डर महसुस नहुने बताउँछन् । विचरा ती पुरुष श्रीमतीको मायाले पिरोलेपछि चिहानबाट श्रीमतीको शव निकालेर १० वर्षेखि घरमा राखिरहेका छन् तर उनी कानूनको कठघरामा उभिनुपर्ने भएको छ । उनमाथि शवलाई घरमा राखेको आरोप छ । त्यहाँको कानून अनुसार मान्छेको शवलाई लामो समयसम्म घरमा राख्न पाइँदैन ।
5
उनले हरेक दिन बिहान आफ्नी श्रीमतीको शवलाई सफा गर्छन् । राम्रा राम्रा कपडा लगाइदिन्छन् । श्रीमतीले जिउँदो छँदासम्म राम्रा कपडा लगाउन नपाएको गुनासो छ उनको । त्यसैले एक दिनमै २ थरी राम्रा राम्रा कपडा लगाइदिन्छन् श्रीमतीको शवलाई । उनलाई मान्छेले यस्तो पागलपना नदेखाउन कैयौपटक सुझाव दिए । तर ती व्यक्ति मान्ने वाला छैनन् । आफ्नी श्रीमतीको मृत्यु भएपनि श्रीमतीको आत्मा नमरेको ठहर उनको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger