भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड नायकहरु प्रहरीको फन्दामा पर्ने क्रम रोकिएको छैन । बलिउड नायक संजय दत्त यतिबेला जेलमा सजाँय भोगिरहेका छन् । अर्का नायक सलमान खानलाई पनि १० बर्षको जेल सजाँय हुने सम्भावना बढ्दै गएको छ ।
अब यो भिडमा बलिउड नायक अक्षय कुमार पनि परेका छन् । सन् २००९ मा आयोजना भएको एक फ्याशन शो मा पत्नी ट्विकल खन्नाको हातबाट अक्षयले आफ्नो जिन्स पाइन्टको फस्नर खोलाएका थिए । र्याम्पमा उत्रिएका अक्षयले एकाएक पत्नीको हातबाट यस्तो हर्कत गराएपछि त्यतिबेला सर्वाधिक आलोचना भएको थियो । उक्त घटना फेरी एकपटक बल्झने सम्भावना बढेको छ ।
भारतिय संचारमाध्यका अनुसार बम्बे हाइकोर्टले मुम्बई प्रहरीलाई अक्षय र ट्विकलको विरुद्धमा अभियोग चलाउन आदेश दिएको छ । उक्त कार्यक्रम आयोजना गर्ने कम्पनीको सेक्रेटरीलाई भने अपराधबाट मुक्त गराइएको थियो । तर यो घटनामा अक्षय र ट्विकल भन्ने फन्दामा पर्ने संकेत देखिएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.