भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१५ साउन, काठमाडौं । एच एण्ड बी डेभलपमेन्ट बैंकका कर्मचारीको मिलेमतोमा बैंकको ढुकुटी र सर्वसाधारणको खाताबाट रकम निकालेर फरार भएका मनोजकुमार चौरासियालाई प्रहरीले पक्रेर पाटन पुनरावेदन अदालत पेश गरेको छ । उनले ५० करोड ठगी गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले २०६९ माघमा बैंकिङ्ग कसुरमा मुद्दा दायर गरेदेखि फरार रहेका चौरासियालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार ललितपुरको झम्सीखेलबाट पक्राउ गरी मंगलबार अदालत पेश गरेको हो ।
चौरासियाले गुड फर पेमेन्ट चेकमार्फत, अरु व्यक्तिको खाताको रकम तथा पैसा नभएको खातामा बैंकको सफ्टवेयर मेनुपुलेट गरेर मौज्दात देखाई रकम झिकेका थिए । सप्तरी घर भई काठमाडौंमा बस्ने ३१ वर्षीय चौरासियाले आवर नेपाल ट्रेड कन्सर्न प्रालि स्थापना गरी विभिन्न व्यापार गरेका थिए ।
सर्वसाधारणले बैंकसँग आफ्नो रकम फिर्ता मागिरहेका तर बैंकले भुक्तानी गर्न सक्ने क्षमता नभएको बताइरहेको छ । सर्वसाधारणको रकम कसरी फिर्ता गर्ने भन्ने सम्बन्धमा राष्ट्र बैंकसँग पटक पटक छलफल भए पनि निचोड निस्कन सकेको छैन ।
बैंकको कुलेश्वर शाखाका शाखा प्रबन्धक निरज नेपाल र शाखाका अन्य कर्मचारी समेतसंग मिलेमतो गरी उनले ठगी गरेको प्रहरीले जनाएको छ । खातामा रकम राखेता पनि सो रकमलाई बैंकको लेखा प्रणालीमा कुनै प्रविष्टि नगराई कुनै कागज भरपाई तथा चेक नराखी चौरसियाको खाताबाट विभिन्न व्यक्ति तथा संस्थालाई ४७ करोड ३३ लाख लाख पचास हजारको गुण फर पेमेन्टको चेक जारी गरिएको थियो ।
त्यस्तै, रशेष महेश्वर सुखानीको खाताबाट एक करोड पचास लाख रुपैयाँ चौरसीयासमेतले लिएको देखिएको छ ।
चौरासियाले आप\mनो र विभिन्न खातावालको खातामा भौतिक रुपमा नगद जम्मा नगरी सिस्टमबाट खातामा रकम भएको देखाई बैंकका शाखाहरु समेतबाट एक करोड छत्तिस लाख पचासी हजार झिकेका थिए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.